थिएटरबाट फिल्ममा आएका दयाहाङ राईको अभिनयबारे धेरै टिप्पणी आवश्यक पर्दैन । फिल्मका हरेक चरित्रमा उनी आफूलाई भिजाएर जीवन्त रुपमा प्रस्तुत गर्छन्।
२०६३ सालमा उनले रामबाबु गुरूङको निर्देशनमा ‘अनागरिक’ बाट फिल्ममा डेब्यू गरेका थिए । पहिलो फिल्म भए पनि उनलाई त्यसबेला अरु कुरामा खासै समस्या भएन, एउटा कुरामा भने उनको पसिनै छुट्यो । जसले अहिले पनि उनको चैन हराउँछ।
उनी अभिनयमा जति सशक्त देखिन्छन्, त्यति नै कमजोर छन् नृत्यमा । फिल्ममा नाच्ने बेला आयो भने उनको जिउ गल्छ । पहिलो फिल्ममा कौडा नाच्नुपर्ने भएपछि उनले एक महिना ‘तपस्या’ नै गरे।
‘त्यसका लागि मैले नृत्य निर्देशक गोविन्द राईसँग कौडाको स्टेप मात्रै एक महिना सिकेँ । त्यो गीतमा आफू नाचेको हेर्दा आज पनि लाज लागेर आउँछ’, उनी भन्छन्।
नाच्न भनेपछि हात–गोडा नै लल्याकलुलुक पार्ने उनी ‘कान्छी’ फिल्मको सुटिङ सेटमा नाच्दै गरेका भेटिए । अभिनेत्री स्वेता खड्कासँग जसोतसो हात–गोडाको ताल मिलाइरहेका दयाहाङले नृत्यको सकसबारे भने, ‘मेरो टाइमिङ नै खराब छ । त्यसैले बिट समात्न गाह्रो पर्छ । ‘लिप्सिङ’ एकातर्फ ‘स्टेप’ अर्कोतर्फ भाग्छ।’
दया नाच्न नजान्ने कलाकारको पंक्तिमा पर्छन् । तर, रमाइलो के छ भने, फिल्ममा प्रायः उनले नाच्ने खुबी भएका कलाकारसँग नाच्नुपर्ने हुन्छ।
बच्चैदेखि लजालु स्वभावका दयाले गाउँमा हुँदा नाच्ने कुुरामा चासै दिएनन् । जसको ‘साइड इफेक्ट’ अहिले फिल्ममा नाच्ने बेला हुन्छ।
उनी नाच्दा असहज मान्छन् भन्नेमा नृत्य निर्देशकहरू राम्रै परिचित छन् । त्यसैले उनलाई फिल्ममा सजिलो स्टेप दिन्छन्।
फिल्महरुमा नाच्दै आउँदा उनी पछिल्लो समय आफ्नो नृत्यमा पहिलेभन्दा धेरै सुधार देख्छन्।
‘आजकल मेरो नाच पहिलेभन्दा धेरै राम्रो भएको छ । धेरै टेक नखाइयोस् भनेर टेक दिनुअघि रिहर्सल गर्छु’, उनी भन्छन्।
नाच्दा २०–२५ टेकसम्म खाएको उनको अनुभव छ।
‘पहिलो फिल्ममा ठूलै चर्कै पर्यो । खुट्टाको ताल एकातिर, हात अर्कातिर’, रमाइलो पारामा सुनाए।
उनी नाच्न नजान्ने कलाकारको पंक्तिमा पर्छन् । तर, रमाइलो के छ भने, फिल्ममा प्रायः उनले नाच्ने खुबी भएका कलाकारसँग नाच्नुपर्ने हुन्छ।
उनी जान्नेसँग नाच्दा केही सहज हुने गरेको अनुभव सुनाउँछन्।
‘टेक लिनुअघि सुझाव दिनुहुन्छ र कोरियोग्राफरले दिएको स्टेपमा मलाई सहज हुनेगरी सुधार गरिदिनुहुन्छ । कतिपय ठाउँमा उहाँहरूले नै यताउती गरेर मेरो कमजोरीलाई छोपिदिनुहुन्छ।’
दयालाई सबैसँग नाच्न सहज लाग्छ । पहिलो फिल्ममा अञ्जना गुरूङसँग नाचेका उनले यसपछि सुष्मा कार्की, प्रियंका कार्की, एलिसा राई आदि नाच्न पारंगत सबै नायिकासँग कम्मर मर्काए । तर, नाच्न भनेपछि उनलाई अझै पनि सहज लाग्दैन।
‘मलाई सुटिङमा नाच्नु छ भनेपछि बिहानैदेखि औडाहा हुन्छ । त्यसैले सेटमा म निर्देशकको पछिपछि लाग्छु र उहाँहरूले भनेको सुनेर के चाहिएको हो, बुझ्ने कोसिस गर्छु।’
यति हुँदा पनि आफूले भनेजस्तो गर्न नसक्दा निर्देशकबाट पाइने गाली र रिस सहन उनी तयार भएर बस्छन् । उस्तै परे माफी माग्न पनि पछि पर्दैनन्।
‘सकेसम्म कोसिस गर्छु । राम्रो गर्न सकिनँ भने माफी माग्छु । आफनो कारणले सारा टिमको काममा असर पर्ने भएकाले माफी माग्नैपर्ने हुन्छ’, उनले भने।
नाच्दा पहाड उचाले झैं लाग्ने भएर होला, दयाले आफूलाई कस्तो गीतमा नाच्न मनपर्छ भन्नेमा अझैसम्म पनि ध्यान दिन सकिरहेका छैनन्।
‘जस्तोसुकै गीतमा पनि कसरी नाच्ने भन्नेमा सधैं तनाव हुन्छ’, उनले भने । त्यसैले अहिले उनी समय निकालेर नृत्यको कक्षा लिने सोचमा पुगिसकेका छन्।

Comments
Post a Comment