दुवै मृगौला फेल भएकी गंगाको अस्पतालको शैयाबाटगुहार, मेरा कलिला छोरा टुहुरा हुने भए, कृपया मलाई बचाइदिनुहोस्,

दुवै मृगौला फेल भएकी गंगाले अस्पतालको शैयाबाट नै भनिन् मेरा कलिला छोरा टुहुरा हुने भए, कृपया मलाई बचाइदिनुहोस्

नाम गंगा दाहाल वर्ष : ३० घर : अन्नपुर्ण गाउँपालिका वडा नं. २ नाउडाँडा दिपको डिल समस्या : दुवै मृगौला फेल

हो जन्मिएपछि यो संसारमा मर्न सबैलाई पर्छ । यसमा २ मत छैन तर पाईन्जेल र सकिन्जेल मात्र १ सेकेण्ड भएपनि धेरैँ बाचौँ भन्ने सबैलाई हुन्छ । तर गंगा दाहाललाई बाँच्छु जस्तो लागेकै छैन । किनकी उनको परिवार आर्थिक स्थितिले कमजोर छ ।

घरमा बुढा भएका सासु ससुरा, सामान्य ईलेक्ट्रीसीयन श्रीमान, ७ र ४ वर्षका २ कलिका छोराहरु छन् । गंगाको मृगौलाले काम गर्न छाडेको पनि १०÷११ महिना भयो, डाक्टरले अब प्रत्यारोपण गर्नुपर्छ भनेको छ । प्रत्यारोपणको लागि मृगौला दिने व्यक्ति परिवार भित्रै पाईन आशा भने गंगालाई छ । गंगाकी दिदीले मृगौला दिने बताएकी छन्, तर पनि गंगालाई बाँच्छु जस्तै लागेको छैन, किनकी मृगौला दिने मानीस भएपनि प्रत्यारोपणको लागि आवश्यक पर्ने पैसा उनिहरुसंग छैन । उनि भन्छिन्– “कमसेकम कलिला छोराहरुलाई टुहुरो बनाउन मन थिएन, तर के गर्ने कुनै उपाय नै नलाग्ने भयो ।”  सुरुमा जोरो आउने र शरिर सुनिन थालेपछि गंगा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न आएकि थिईन् र त्यतिबेला उनलाई थाहा भयो कि आफ्ना २ वटै मृगौलाले काम गर्न छाडेछन् । उनि अहिले कणीपालमा हप्तामा २ पटक डाइलोसस्स गरेर बसीरहेकी छन् ।

गंगाका श्रीमान ऋषिराम दाहाल ईलेक्ट्रीसियन छन् । पहिला त परिवार आफ्नो आम्दानी र श्रीमतीले साथले जसोतसो परिवार चलिरहेको थियो तर गंगाको मृगौलाले काम गर्न छाडेपछि बुढा बा आमा, श्रीमति र छोराछोरीको जिम्मा उनलाई आयो अहिले उनि याकुल ब्याकुल छन् , तर श्रीमतीलाई बचाएर छोराहरुले आमा भन्न मात्र पाए हुन्थ्यो भन्छन् उनि । गह भरी आँशु र मन भरि पिडाका बिचमा पनि श्रीमति बचाएर छोराहरुले आमा भनेको हेर्ने उनको ठूलो ईच्छा छ । उनि भन्छन् – “मेरो एक थोपा रगत रहुन्जेल सम्म श्रीमति बचाउनको लागि प्रयास गर्नेछु ।” पैसा नभएपछि ऋषिरामको आजकल आशा मरेको छ ।

“सापटी मागम यत्रो रकम को संग माग्ने, सायद दीदैनन् पनि । धितो राख्ने नभएपछि ऋणको विषय सोच्ने कुरै भएन । घर जग्गा बेचौँ मात्र २ आना जग्गा छ ।” यस्तो संकट परेका ऋषिराम भन्छन् – “सहयोग गर्ने कोहि भगवान बनेर आए सायद मेरा कलिला छोरा टुहुरा बन्ने थिएनन् ।” सहयोगको लागि

Comments