जुना केसी/कास्की
कात्तिक १७ – गएको वर्षको असोज एक गते । सोनियाकी सासु बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका लागि पैसा चाहियो ।सोनियासँग भएको पैसा सक्किसकेको थियो । ससुराले पनि पैसा छैन भनेपछि सोनियाले साउदीमा रहेका श्रीमानलाई फोन गर्नुभयो ।
सोनियाका श्रीमान सन्तोष साउदीमा लेबरको काम गर्नुहुन्थ्यो । त्यसमा पनि विदामा घर आएर फर्किएको धेरै भएको थिएन । त्यसैले सन्तोषसँग पनि पैसा थिएन् । उहाँले म्यानेजरसँग कुरा गरेर अर्को महिनाको तलब अगाडि नै मागेर भए पनि पठाइदिन्छु भन्नुभयो । सोनियाले पनि श्रीमानले काम गर्ने कम्पनीका म्यानेजरसँग फोनमा कुरा गर्नुभयो ।
उहाँले सासु बिरामी भएको बताएपछि म्यानेजर पैसा दिन तयार भए । सन्तोषले म्यानेजरसँगबाट पैसा पाएपछि सोनियालाई फोन गरेर २७ हजार रुपैयाँ पठाइदिन लागेको जानकारी दिनुभयो ।‘२७ हजारमध्ये १० हजार रुपैयाँ आमाको उपचारका लागि दिनु अनि बाँकी पैसा छोराहरु र तिमीलाई खर्च भन्नुभएको थियो’ सोनिया सुनाउनुभयो ‘पैसा पठाएपछि भरे फोन गरेर नम्बर (पैसा निकाल्न चाहिने कोड नम्बर) टिपाइदिन्छु भनेर फोन राख्नुभएको थियो ।’
तर त्यो भरे कहिल्यै आएन, सासु बिरामी भएर अस्पतालमा बस्नुपरेकाले राती निदाउन नसकेकी सोनिया श्रीमानको फोन पर्खिरहनुभएको थियो । तर फोन आएन् । शुक्रबार फोन नआएपछि उहाँले यतैबाट फोन गर्नुभयो । तर कति पटक फोन लागेन भने लागेका बेला पनि उठेन ।
भरे फोन गर्छु भनेका श्रीमानसँग कुराकानी नभएको चार दिन वितेको थियो । सोनियाको मोबाइलमा फोनको घन्टी बज्यो । फोन सोनियाकी नन्दले गरेकी थिइन् ।सोनियाले हेल्लो पनि भन्न नपाई उताबाट रुँदै आवाज आयो ‘भाउजू, दाई त सुतेको ठाउँमा सुतेको सुत्यै हुनुभएछ ।’ सोनियाले केही सोच्नै सक्नुभएन, उहाँलाई श्रीमानको मृत्युको खबरको विश्वास पनि लागेन् ।
‘तर विश्वास नगरेर के गर्नु र’ सोनिया अहिले सम्झनुहुन्छ । झण्डै एक महिनापछि सन्तोषको शव नेपाल आयो । शरीरमा निलडाम देखेपछि सोनियालाई श्रीमानको स्वभाविक मृत्यु होइन जस्तो लाग्यो ।त्यसैले उहाँले त्यसको छिनोफानो नभएसम्म दाहसंस्कार नगर्ने अडान लिए पनि परिवार र गाउँलेको अगाडि उहाँको केही लागेन । त्यसैले प्रमाणका रुपमा फोटो खिचेर राखेपछि सन्तोषको दाह संस्कार गरियो । दुई छोराकी आमा सोनियाका त्यसपछिका दिन कम चुनौतिपूर्ण छैनन् ।
सन्तोषसँग बिहे गरेर आएपछिका सोनियाका संघर्ष
भारतमा जन्मेकी सोनिया उतै हुर्किनुभयो । उहाँका बुवा होटलमा काम गर्नुहुन्थ्यो । त्यही बेला कास्कीका सन्तोष गुरुङ पनि सोनियाका बुवासँग काम गर्नुहुन्थ्यो । बुवासँग घर जाने क्रम बढेसँगै सन्तोष र सोनियाले एकअर्कालाई मन पराउन थाले ।
केही समयपछि दुई जनाले बिहे गरे । त्यहिँ बस्दा बस्दै छोरो पनि जन्मियो । छोरा एक वर्षको भएपछि सन्तोषले सोनियालाई नेपाल ल्याउनुभयो । पोखरामा आएपछि ज्याला मजदुरी गर्न थालेका सन्तोषलाई एक्लै गरेको कामले परिवार चलाउन मुस्किल पर्यो ।
सोनियालाई घरभित्रको बाहेक अरु काम गर्न आउँदैनथ्यो । न त भाषा नै । भारतको राजधानी दिल्ली नजिकैको शहरी क्षेत्रमा जन्मिएकी सोनियालाई न घाँस काट्न आउँथ्यो न त धान रोप्न । त्यसैले खेतालापात गरेर कमाउने सम्भावना नरहेपछि समस्या भयो । त्यही कुराले परिवारले पनि रुचाएनन् । ‘म भारतकी हुनु नै ठूलो समस्या भयो’ सोनिया भन्नुहुन्छ ।
तर परिवारको यही व्यवहारले उहाँलाई भाषा मात्रै होइन काम सिक्नलाई डेढ दुई महिना पनि लागेन् । ‘विष बिनाको सर्प र इख बिनाको मान्छे काम लाग्दैन’ भने जस्तै परिवारको नराम्रो व्यवहारले सोनियाले भाषा र काम सिक्नुभयो । तर दुवै जनाले ज्याला मजदुरी गर्दा पनि पैसा बचाउन नसकेपछि सोनिया र सन्तोष एक वर्ष पनि पोखरामा टिक्न सक्नुभएन् । फेरि भारत नै जानुभयो ।
भारतमा पुरानै काम अनि पहिलाको भन्दा पनि राम्रो कमाई हुन्थ्यो । अर्को छोरा जन्मियो । नेपालमा बुढी भएकी आमा बिरामी हुन थालेको र भारतमा आफन्त कोही नभएपछि सन्तोष परिवारसहित पोखरा फर्कनुभयो । यस पटक त सोनियालाई भाषा पनि आउँथ्यो अनि खेतबारीको काम पनि । दुवै जना ज्यालादारी काम गर्थे तर पनि दुई जनाको परिवार चार जनाको भइसकेपछि सन्तोषले बहिनीसँग विदेश जाने प्रस्ताव गरिसक्नुभएको थियो ।
पोखराको आएको केही महिनामा उहाँ बहिनीमार्फत साउदी अरब जानुभयो । एक लाख ४५ हजार रुपैयाँ खर्च गरेर साउदी गएका सन्तोष घाँस काट्ने र घाँसका आफू भन्दा ठूला भारी गाडीमा चडाउने काम गर्नुहुन्थ्यो ।
त्यसैले फोन गर्दा सोनियालाई काम गाह्रो भएको सुनाउनुहुन्थ्यो । दुई वर्ष बस्दा सन्तोषले सोनियालाई तीन लाख रुपैयाँ भन्दा केही बढी पैसा पठाउनुभयो । त्यो पैसाले सोनियाले श्रीमान जाँदा लिएको ऋण तिर्नुभयो । अनि छोराहरुको पढाइ र घरमा खर्च गर्नुभयो ।
दुई वर्षको विदामा घर आएका श्रीमान्का हातमा उठेका ठेला र भारी उचाल्दा काँध पिल्सिएको देखेपछि सोनियाले फेरि त्यही काममा नजान पटक पटक आग्रह गर्नुभयो । तर सन्तोष मान्नुभएन् । उहाँ तीन महिना बसेर फर्किनुभयो । ‘मैले नजानु यतै बुढाबुढी दुःख गरौं आखिर त्यहाँ पनि तपाईँलाई यति धेरै दुःख रैछ भनेको थिएँ’ बिदाईका बेला भएको संवाद सोनिया अहिले पनि सम्झनुहुन्छ ‘तर मान्नुभएन, सधैंका लागि छुट्टिनलाई रैछ’
नागरिकता नहुँदा समस्या
४ र ६ कक्षामा पढ्ने छोराहरुका खर्च सँगै घर खर्च धान्न अप्ठ्यारो परे पनि उहाँलाई वैदेशिक रोजगारीमा जाने व्यक्तिको सम्झौता अवधिमै मृत्यु भए क्षतिपूर्ति पाइन्छ भन्ने पनि थाहा थिएन् ।
एकल महिलाको संस्थामार्फत क्षतिपूर्ति पाइने र त्यसका लागि सूचना केन्द्रले सहयोग गर्ने थाहा पाएपछि उहाँ सूचना केन्द्र पुग्नुभयो । तर उहाँसँग न नेपाली नागरिकता थियो न त सन्तोषसँग बिहे गरेको प्रमाणपत्र नै ।
त्यसैले भारत गएर जन्मदर्ताको प्रमाणपत्र लिएर आउनुभयो । कान्छा देवर देवरानीले सहयोग गरेपछि उहाँको नागरिकता बन्यो अनि त्यसकै आधारमा उहाँले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट तीन लाख रुपैयाँ क्षतिपूर्ति पनि पाउनुभयो ।
तीन लाख रुपैयाँमध्ये एक लाख कान्छा देवरलाई नै दिएकी सोनियालाई एक लाख घर चलाउँदा लागेको ऋण तिर्दा ठिक्क भयो । अनि झण्डै एक लाख आफ्नै उपचारमा सकियो । ‘नहुनेलाई सबैतिरबाट नहुँदो रैछ’ सोनिया भन्नुहुन्छ ‘एपेन्डिक्स भएपछि त्यसको अप्रेसन र
साभार ujyaaloonline

Comments
Post a Comment