राती 10 बजे फोन आयो, निदाइसकेको थ्ये, उताबाट उनी रोहिरहेको आवज सुने, "के भो , किन यसरी रोको??" मैले आतिदै उन्लाई सोधे । "कुरा धेरै सिरिएस छ, म भोलि भेटेर भन्ने छु", रुदै उन्ले भनिन । मन निकै आतिएको थियो, उन्लाई कलब्याक गर्दा फोन अफ थियो। रातभर चिन्ता अनि डर मै बित्यो । भोलि पल्ट सधा झै भेट्ने ठाउँमा हामी भेट्यौं , निकै फरक थियो त्यो दिन उन्को अनुहार, रातभर रोएर होकि चिन्ताले हो अनुहार निकै उदास थियो । केही बेरको कुरा पछि आँखाबाट आँसु बगाउदै उन्ले भनिन्, " कान्छु हामी अब कहिलै एक हुन सक्दैनौ " । उन्को मुखबाट यो शब्द सुन्न साथ म त छागाबाट खसे झै भए। आँखा नै धमिलो भए झै भो, सास रोकिए झै भयो, म त होस बिहिन झै भए । उता आँसु बगाउदै उनी एकनासले भन्दै थिइन्, "तिमी क्षेत्री म बाहुन" मेरो परिवारले यो कुरा कदापि स्वीकार गर्दैनन् , एकदम strict हुनुहुन्छ, तिमीले सोचेको भन्दा नि धेरै ।
"एक्कसी साढे २ बर्ष पछि फेरि यो कुरा कसरी निस्कियो । जब कि जुन दिन हामी सम्बन्धमा बाधियौ, म मेरो परिवारलाई मनाउन सक्छु, आजकल बाहुन-क्षेत्रीको नातालाई समाजले अन्तर जातिय विवहा भन्दैन, तिमी नि आफ्नो लक्ष्य अनि सपना पूरा गर, म नि आफ्नो सपना पूरा गर्छु अनि त मेरो परिवारले खुसी भएर हाम्रो बिहे गर्दिन्छन भन्या होइन?? " म रुदै उनलाई प्रश्न गर्दै थ्ये । त्यो पल उन्का आँखामा आँसुका खोला थिए, तेहि आँसुको कसम मैले उन्लाई तेति धेरै बिश्वास गर्थ्ये, जति आफूलाई नि गर्दिन थ्ये ।
तेस पछिका दिनहरुमा मैले बारम्बार उन्लाई अनेक बाचा गरेर मनाउन खोजे, कन्भिन्स गराउन खोज्थ्ये, अझै हामी संग ५-६ बर्षको समय छ , किन यति चाडै हतारेर डिसिजन लिन खोजेको, मलाई मौका देउ, म तिम्रो परिवारको लागि लायक भएर निस्किन्छु ।
"तिमी केही बुझ्दैनौ कान्छु, तिम्रो सोछे जस्तो छैन मेरो परिवार, म नि सक्दिन तिम्लाई छोड्न तर जती हामी संगै बस्छौ तेति हामी, एक अर्का बिना बाच्न नसक्ने हुन्छौ । मेरो परिवारलाई कदापि स्वीकार हुदैन हाम्रो नाता। बरु किसान-हलि संग बिहे गर्दिन्छन तर तिमी जति सफल भएनि बाहुन बाहेक अरु कसैलाई दिदैनन । please मलाई बुझ्ने प्रयास गर,.. " मलाई अङ्गालोमा बाध्दै रुदै भन्थिन ।
तेस पछाडीका दिनहरु म सम्झन चाहन्न र सम्झिनुको कुनै अर्थ नै छैन । करिब एक बर्ष सम्म म उन्लाई सम्झाउदै मायाको भिक माग्दै हिडे, आफ्नो सपना, खुसि, इच्छा, रहर अनि परिवारको आशा-भरोसालाई आफ्नै हातले गला रेटेर हत्या गरे । आत्मास्वाभिमान, आत्मासम्मानलाई आँसुका खोलामा बगाएर, जिउदो लास भै हिडे ।
एक बर्ष पछि उन्को साथीको मुखबाट सुने, " तिमी अब उस्लाई उस्लाई बिर्सिदेउ, आफ्नो जिन्दगी नबिगार, उस्ले तिम्लाई बिर्सिसकी, उ आफ्नो जिन्दगीमा खुशी छे, निकै माया गर्ने मान्छे पाकी छे, दुबै जना खुशी छन । " सायद त्यो समयमा मेरो भन्दा बेसि त उन्कै आँसु बगे, बिछोडको पीडा अनि आत्माग्लानीले गर्दा, तर उन्को त्यो आँसु पिसाबको मूल्य भन्दा नि कम तब लाग्यो, जब त्यो केटा पनि मेरै थर अनि जातको थियो, काठमाडौमा घर अनि महिनै पिच्छे फेरिने बाइक थियो ।
आज लाईफ सम्झिन्छु, सबै उन्कै देन जस्तो लाग्छ । यो नाम , यो परिचय, यो इज्जत, यो सम्मान, यो साकार भएका नसोचिएका सपनाहरु, यो नयाँ जिन्दगी, यो नयाँ साथीभाइ, यो खुसी , यो आत्मसम्मान, अनि कोहि निस्वार्थ रुपमा मलाई प्राणभन्दा प्यारो माया गर्ने मान्छे ।
सायद मैले तिम्लाई केही दिन सकिन सिवाए आँसु तर हेर त तिम्ले त मलाई नयाँ जिन्दगी दियौ, यो त केवल भगवानले मात्र दिन सक्छन , तेहि भएर त तिम्लाई म भगवान मानेर आफ्नो मन मन्दिरमा खुसिका फुलहरुले पुझ्ने गर्छु हरपल...
Sp bhatta एस.पि. भट्ट

Comments
Post a Comment