शनिबार बिहानको पाँच बजेको थियो। हाम्रो सञ्चार सेटमा राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशुली नदिमा खसेको खबर आयो।
सशस्त्र प्रहरीको विपत व्यवस्थापन तालिम केन्द्रमा रहेकाले हाम्रो काम नै सकेसम्म छिटो उद्दारमा खटिने हो। खबर आउनासाथ हामी उद्दारका लागि घटनास्थल जान हतारियौं।
सशस्त्र प्रहरी वल, विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट घटनास्थल गजुरीको घाटवेशी १०–१२ किलोमिटर टाढा पर्छ। हामीले बिहानको नित्यकर्म पनि गर्न पाएका थिएनौं। सशस्त्र प्रहरी इन्सपेक्टर अजयकुमार थापाको कमाण्डमा कुरिनटारबाट हामी १९ जनाको टोली हतार हतार घटनास्थलतर्फ लाग्यौं। टोलीमा सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार विरेन्द्रबहादुर कार्की, हबल्दार नरेन्द्रसिंह भण्डारी र म सहित तीन जना गोताखोर थियौं।
घटनास्थल पुग्दा हामीले बस देखेनौँ। पहिले नै बस त्रिशुली नदीमा डुबिसकेको रहेछ। यात्रुहरू जताततै छरिएका थिए। घाइतेहरू पीडाले छटपटाइरहेका थिए भने कतिपय रुँदै गुहार मागिरहेका थिए। पहिला हामी घाइतेहरुको उद्दारमा खटियौं। नदि किनारबाट १६ जना घाइतेलाई माथि सडकमा निकाल्यौं। कसैलाई बोक्यौं, कसैलाई डो¥याएर माथि निकाल्यौं। कोही आफैं विस्तारै हिंडेर माथि निस्किए। घाइतेहरु सबैलाई अस्पताल पठाउने काम भयो।
कतिपय घाइते बोल्ने अवस्थामा थिएनन्। घाइतेहरुको उद्दार गर्दा बिहान झण्डै सवा सात बजिसकेको थियो। बस नदिभित्र पूरै डुबेको थियो। घटनास्थलमा रमिता हेर्नेको भीड बढ्दै गयो। सडक किनारमा स्थानीयबासी र यात्रुहरु भेला भएका थिए। नदिमा खसेको बस कहाँ छ अत्तोपत्तो थिएन।
हामी तीन जना गोताखोर विरेन्द्रबहादुर कार्की, नरेन्द्रसिंह भण्डारी र म बस र यात्रु खोज्न नदिमा पस्ने तयारीमा लाग्यौं। त्यतिन्जेलसम्म बिहानको साढे सात जति बजेको थियो।
पानीभित्र पस्दा सुरक्षाका लागि आवश्यक पर्ने सबै सामान हामीले लगायौं। पानीमा पस्दा सुट, बुट, अक्सिजन, नाइफ, मिडल, चस्मा लगायतका सामान लगाउनु पर्छ। त्यसरी पानीमा पस्दा एक घण्टासम्म पानीभित्रै रहेर काम गर्न सकिन्छ।

Comments
Post a Comment