लहान, १७ कात्तिक ।
बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा. अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो.
सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मो. अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गत असोज २० गते पक्राउ गरिएका सेख र निजकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
अन्य समाचार
तीन किलो चरेशसहित तीनजना पक्राउ
कात्तिक १७, भीमदत्तनगर – प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शुक्रबार कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागुऔषध चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले अत्तरिया बजारबाट चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीयवासी सरेशराम विक, गणेश भट्टराई र यज्ञबहादुर सिंह रहेको प्रहरी नायब निरीक्षक बुढाले बताए ।
पक्राउ गरिएको अभियुक्त र चरेशसहित कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको ब्युरोले जनाएको छ ।
निर्वाचनका लागि ७७० सुरक्षाकर्मी परिचालन
मनाङ -प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा ७७० सुरक्षाकर्मी गरिएको छ ।
नेस्याङ, नार फु, चामे र नासोङ गरी चारवटा गाउँपालिका रहेको जिल्लामा २८ वटा मतदान केन्द्र रहेको छ । जिल्लामा निर्वाचनका लागि २२५ अन्य कर्मचारीलाई समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
जिल्लामा पाँच हजार ८८१ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ मा दुई हजार ७५० र प्रदेश क्षेत्र नं २ मा तीन हजार ७०७ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ र क्षेत्र नं २ मा १४÷१४ वटा मतदान केन्द्र रहेको छ ।
चामे गाउँपालिकामा ५, नासोङ र नेस्याङमा ९÷९ तथा नार फु गाउँपालिकामा ५ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयोे ।

Comments
Post a Comment