काठमाडौं, १५ कात्तिक । काठमाडौंको कमलादीमा गोली चलेको छ । कमलादीस्थित हेरिटेज प्जालामा बुधबार साँझ गोली हानी भाग्ने क्रममा दुई जना भारतीय सुटर पक्राउ गरेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोली बरामद भएको छ ।
पक्राउ पर्नेमा भारत पञ्जावका जसवित सिंह र हरदेवेन्द्र सिंह रहेका छन् । हतियार र ठूलो परिमाणको गोलीसहित उनीहरु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए । बिभिन्न कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको हेरिटेज प्यालामा उनीहरुले एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको उनले बताए ।
भारतीय नागरिकहरु कुन प्रयोजनमा यसरी हतियारसहित नेपाल छिरे भन्ने खुल्न नसके पनि नेपालमा कसैको हत्या योजनासहित आएको प्रहरीको आशंका छ । उनीहरु मंगलबारमात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं छिरेका थिए ।
समाचार

Comments
Post a Comment