नेपालको तराईका १० वर्षीय वीरेन्द्र सिंहलाई भारतको दिल्लीस्थित सफदरजंग अस्पतालमा चिकित्सकहरुले जीवनदान दिएका छन् ।
करेन्ट लागेर वीरेन्द्रको हात काट्नुपरेको थियो । सफदरजंगको बर्न एन्ड प्लास्टिक डिपार्टमेन्टका चिकित्सकहरूले वीरेन्द्रको गोडाबाट दुईवटा औंला निकालेर उसको दाहिने हातमा लगाएर उसलाई आशा गर्ने ठाउँ दिएका छन् ।
औंला गुमाएपछि वीरेन्द्रले पेन समेत समात्न सकेका थिएनन् तर उनले फेरि लेख्न सक्ने आशा चिकित्सकहरूले गरेका छन् ।
नेपालमा जन्मेका वीरेन्द्र आफ्नो परिवारसहित दिल्लीको छतरपुरमा बस्थे । सन् २०१४ मा वीरेन्द्रलाई करेन्ट लाग्दा पूरै जलेको थियो ।
गोडाको औंला निकालेको ठाउँबाट ब्लड सेलका साथ नसाहरू पनि निकाल्नुपर्ने हुन्छ । नसा निकालेर जोड्न एकदमै चुनौतीपूर्ण हुन्छ । यस्तो सर्जरी नै त्यो अस्पतालले पहिलोपटक गरेको हो ।
सफदरजंग अस्पतालको प्लास्टिक सर्जरी विभागका प्राध्यापक डा राकेश केनले बताएअनुसार, वीरेन्द्रको देब्रे गोडाको बूढी औंलो र दुईवटा औंला निकालेर हातमा जोडिएको थियो । ६ दिनअघि भएको यो जटिल शल्यक्रिया पूरा गर्न १० घन्टा लागेको थियो । एजेन्सी

Comments
Post a Comment