समुद्र किनारमा महिलाले पागलले झैं बालुवा खोतलिरहेको देखेर नजिक गएर हेर्दा रोए ....

एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा समुद्र किनारमा भएको एक दर्दनाक घटना सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । क्यालिफोर्नियाको न्युपोर्ट बीच घुम्न आएका स्टुआर्ट फ्रस्ट, उनका जुम्ल्याहा भाइ स्टीभ र भान्जा जेसी मार्टिनले यो घटना शेयर गरेका थिए ।

स्टुआर्टका अनुसार उनीहरु बीचमा घुम्दै गर्दा एक महिलालाई देखे । ती महिलाले पागलझैं लगातार बालुवा खोतलिरहेकी थिइन् । उनीहरु ती महिलाको नजिकै गएर यसको कारण सोधे ।

महिलाका अनुसार उनको २ वर्षको छोरा बेपत्ता थिए । महिलाले आफ्नो छोरालाई केही समय त्यहाँ उभिएको देखेकी थिइन् । महिलालाई आफ्नो छोरा त्यहीँ बालुवाको खाल्डोमा पुरिएको शंका लागेको थियो ।


महिलाको कुरा सुनेपछि स्टुआर्ट, उनका भाइ र भान्जाले पनि बालुवा खोतल्न थाले । उनीहरुलाई देखेपछि नजिक भएका अन्य मानिसहरु पनि आए ।

केही समयमै उद्धार टोली पनि आइपुग्यो । केही समय लगातार बालुवा खोतलेपछि ती महिलाका छोरालाई बालुवाबाट बाहिर निकालियो ।

 बालकलाई सकुशल बाहिर निकालेपछि त्यहाँका सबैको आँखामा आँसु आयो । स्टुआर्टले यो घटना फेसबुकमा शेयर गर्दै लेखेका छन् ‘कसैको मद्दत गर्नको लागि सोचिरहनु पर्दैन ।’


Comments