बर्दियामा सालनाल सहितको मृत शिशु फेला

बर्दियामा सालनाल सहितको मृत शिशु फेला परेको छ । मधुवन नगरपालिका ४ ढोढरी को सिचाई नहरमा सालनाल सहितको मृत शिशु फेला परेको हो ।
विद्यालय हिडेका विद्यार्थीले पानी भित्र शिशु डुबेको देखेपछि प्रहरीमा खबर गरेका थिए । शिशु फालिएको वरपर रगतका दागहरु देखिएका कारण घटना शुक्रवार विहान तिर भए हुन सक्ने प्रहरीको अनुमान छ ।
महिना नपुगेको जस्तो देखिएको नबजात बालक अनैतिक भएकै कारण गर्भपतन गरेर फालिएको स्थानियले अनुमान गरेका छन् । अनैतिक सम्बन्धका कारण भएका भ्रुण हत्यामा संलग्नको खोजी घटना भएको केहीदिन सम्म हुने गरेपनि विस्तारै सेलाउदा समाजमा विकृति नरोकिएको स्थानीएको भनाई छ ।
घटना गैरकानूनी भएको हुनाले थप अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरमा ल्याईने ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरिक्षक अशोक प्रसाद श्रेष्ठले वताए ।

Comments