मुम्बईमा प्रेमी भेट्न गएको आरोप लागेपछि पहिलोपटक मुख खोलिन प्रियंकाले !

काठमाडौँ, मुम्बई पुगेकी चर्चीत नायिका प्रियंका कार्की बलिउडमा अडिसन दिएर नेपाल फर्किसकेकी छिन्। केहि दिनअघि उनलाई यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘फाटेको जुत्ता’

 को प्रमोसन छाडेर भारतमा प्रेमी आयुष्मान देशराज जोशीलाइ भेट्न गएको आरोप लागेको थियो । आँउदो शुक्रवार प्रियंका कार्की र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र  ‘फाटेको जुत्ता’ प्रदर्शनमा आउँदै छ ।

मुम्बई पुगेर प्रियंकाले आफ्नो सामाजिक संजाल इन्टाग्राममा आयुष्मानसँगको केही तस्बिरहरू सेयर गरेकी थिइन् ।

अहिले नेपाल आइसकेकी  प्रियंकाले आफूलाई लागेको आरोप खण्डन गर्दै उनले आफु विशेष कामले मुम्बई गएको बताएकी छिन् ।

 उनले  एसराज स्टुडियो र अर्को एक प्रोजेक्टको लागी आफु अडिसन दिन मुम्बई गएको खुलासा गरेकी छिन् । उनले आफु काम छोडेर प्रेमी भेट्न जाने मान्छे होइन भनेकी छिन्। सोमबार नै नेपाल फर्किसकेकी  प्रियंका मङ्गलवार बिहान चलचित्र ‘बटरफ्लाई’ को डबिङमा पुगेकी थिइन् ।

Comments