काठमाडौं । नेकपा एमालेका नेता डा. वंशिधर मिश्रले पनि ढुँगेल प्रक्राउ प्रकरणलाई आफ्नो पार्टीले स्वागत गरेको स्पष्ट पारेका छन् । उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार नै ढुँगेललाई पक्राउ गरिएको छ, यसलाई हामीले स्वागत नै गरेका छौं, यसको विपक्षमा हाम्रो पार्टी छैन् ।’
माओवादी केन्द्रले ढुंगेलको रिहाईको माग गरिरहेका बेला एमालेले स्वागत गरेपछि वाम गठबन्धन भत्किने खतरा बढेको छ । गठबन्धनमा विवाद उत्पन्न भई भत्किन सक्छ । किनकि माओवादी कार्यकर्ता सबै ढुंगेल रिहाईको पक्षमा छन् भने एमालेहरु जेलमै हाल्नुपर्ने पक्षमा । यो मतभिन्नता स्थानीय स्तरसम्म देखिइ गठबन्धनमा समस्या उठ्ने निश्चित छ ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता मिश्रले तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धनबाट कोही पनि आँत्तिनुपर्ने अवस्था नएको जिकिर गरे । उनले भने,‘यो हाम्रो गठबन्धन एकदलीय अधिनायकवादको लागि होईन, यो समृद्धि र स्थायित्वको लागि हो।’
एमाले विकासको बाधक भनेर कांग्रेसले घोषणापत्रमै लगाएको आरोप नै गलत भएको जिकिर गर्दै मिश्रले भने,‘नेपालमा न कहिल्यै कम्युनिष्ट शासन आउँछ, न हामी लोकतन्त्रको विपक्षमा उभिन सक्छौं, त्यसैले हामीलाई विकासको बाधक भन्नु नै गलत आरोप हो ।’

Comments
Post a Comment