चर्चित शो ‘बिग बोस’ कि सबैभन्दा महंगी प्रतिस्प्रर्धी हिना, ७ दिनको पारिश्रमिक यस्तो छ…

एजेन्सी, भारतीय चर्चित शो ‘बिग बोस सिजन ११’ केहि समय अघि विवादमा तानिएको थियो। तर यो शो मा काम गर्ने प्रतिस्पर्धीहरुले राम्रै रकम पाउने गर्दछन् । राम्रै रकम पाउने मध्यमा पनि जसले धेरै रकम पाउछ  उ नै मिडियामा अगाडी आइरहेको देख्न सकिन्छ। यस शोमा मोटो रकम लिने अर्थात् महंगी प्रतिस्पर्धी हिना खान रहेकी छिन्। उनले एक साता अर्थात् ७ दिनको लागि ७ देखि ८ लाखसम्म लिने गर्छिन । उनि ‘ये रिश्ता क्या कहलाता है’ अक्षरा पात्रबाट  चर्चित छिन् ।

हिना भन्दा कम रकम लिने अर्की चर्चित प्रतिस्पर्धी तेजवानी हुन्। उनले एक हप्ताको लागि ७ देखि ७.५ लाख लिने गर्छिन।उनि चर्चित सिरियल ‘पवित्र रिश्ता’ कि चर्चित कलाकार हुन् ।

त्यसैगरि ‘भाबिजी घर पे है’ नामक सिरियलमा अंगुरी भावीको पात्रले चर्चित कलाकार शिल्पा शिन्देले बिग बोसमा हरेक हप्ता ६ देखि ७ लाख सम्मको पारिश्रमिक लिने गर्छिन । साथै यस शोका अर्का प्रतिस्प्रर्धी विकास गुप्ता कन्ट्रोभर्सीका राजा हुन् । उनले  एक हप्ताको पारिश्रमिक ६ देखि ६.५ लाख सम्म लिने गर्छन ।  ‘रोडिज राइजिङ’ र ‘स्प्लिट्स भिल्ला’ मा देखिएका प्रियंकले भने बिग बोसबाट हरेक हप्ता ४ देखि ५ लाख पारिश्रमिक लिने गर्छन ।

Comments