२०५८ फागुन ११ गते सेनाको कारबाहीमा ३५ जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री देउवा र रुकमाङ्गत कटुवालविरुद्ध ज्यान मारेको मुद्दा दर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालविरुद्ध ज्यान मारेको भन्दै मुद्दा दर्ता भएको छ।

कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका धादिङ जोगिमाराका मजदुरहरुका आफन्तले देउवा र कटुवालविरुद्ध मुद्दा दर्ता गरेका हुन्।

शेरबहादुर देउवा प्रधानमन्त्री तथा रुक्माङ्गत कटुवाल त्यहाँ कार्यरत सेनाको गुल्म प्रमुख भएका बेला २०५८ फागुन ११ गते सेनाको कारबाहीमा ३५ जनाको मृत्यु भएको थियो।

उक्त कारबाहीमा मृत्यु हुने मजदुरमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमाराबाट काम गर्न गएका मजदुर थिए।

घटनामा मारिएका मजदुरका आफन्तले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते नै सर्वोच्च अदालतमा उजुरी दिए पनि हालसम्म फैसला नभएको भन्दै अदालतमा पुनः ध्यानाकर्षण गराइएको जनाएका छन्।

शुक्रबार, कार्तिक १७, २०७४ मा प्रकाशित

Comments