फन्डा धर्मपुत्रीको:::::रोचक त के भने हनीप्रितले जेलमा पनि रामरहिमसँगै बस्ने प्रयास गरेकी थिइन्, तर ...

रामरहिमलाई २० वर्षको जेल सजाय सुनाइपछि उनीसँग जोडिएका अन्य कैयौं नाम पनि अहिले चर्चामा छन्, जसमा सबैभन्दा चर्चामा रहेको नाम हो— हनीप्रित इन्सान ।
 कैयौं रिपोर्टमा यी युवतीलाई रहस्यमय पात्रका रूपमा प्रस्तुत गरिएको छ । हनीप्रित स्वयंले भने आफूलाई रामरहिमकी धर्मपुत्रीका रूपमा प्रस्तुत गर्दै आएकी छिन् ।

 रामरहिम तथा कथित धर्मपुत्री हनीप्रितबीचको सम्बन्ध विवादास्पद मानिन्छ ।
हनीप्रितको विवाह सन् १९९९ मा विश्वास गुप्तासँग भएको थियो ।

विश्वासले रामरहिममाथि आफ्नी पत्नीलाई आफूबाट टाढा बनाएको, रामरहिम र हनीप्रितबीच शारिरीक सम्बन्ध भएको तथा त्यसलाई ढाकछोप गर्न धर्मपुत्रीको आवरण दिइएको दाबी गरिरहेका छन् ।

 गुप्ताले हनीप्रितलाई डेरा सच्चा सौदा प्रमुखको कब्जाबाट मुक्त गर्न माग गर्दै सन् २०११ मा हरियाणा हाइकोर्टमा मुद्दासमेत दायर गरेका थिए ।

त्यसमा कोर्टले स्थानीय प्रशासनलाई आवश्यक कारबाही गर्न निर्देशनसमेत दियो । त्यसपछि हनीप्रितले विश्वाससँग डिभोर्स लिइन् ।

 रामरहिम र हनीप्रित हरेक समय सँगसँगै देखिन्थे । रोचक त के भने हनीप्रितले जेलमा पनि रामरहिमसँगै बस्ने प्रयास गरेकी थिइन्, तर उनको उक्त मागको सुनुवाइ भएन् ।

 हनीप्रितलाई सँगै राख्न रामरहिमले आफ्नो कम्मरको पीडाको कारण देखाउँदै उनलाई एक्युपंक्चर एक्सपर्टका रूपमा प्रस्तुत गरेका थिए ।

हनीप्रितको वास्तविक नाम प्रियंका तनेजा हो । उनलाई रामरहिमले सन् २००९ मा हरियाणाको फत्तेहावाद जिल्लाबाट एडप्ट गरेका थिए । हनीप्रितले रामरहिम आफ्नो गुरु भएको दाबी गर्दै आएकी छिन् ।

 हनीप्रितलाई फेसबुकमा ५ लाखभन्दा बढीले लाइक एवं फ्लो गरेका छन् भने इन्स्ट्राग्राममा उनलाई १ लाख ५० हजारभन्दा बढीले पछ्याएका छन् । भारतीय मिडियाले रामरहिम जेल गएपछि डेरा सच्चा सौदाका साथै रामरहिमको आर्थिक साम्राज्यको कमान्ड हनीप्रितले सम्हाल्ने अनुमान गरेका छन् । हनीप्रितलाई रामरहिमको उत्तराधिकारीका रूपमा समेत हेरिएको छ ।

हनीप्रितले रामरहिमका सबै चलचित्रमा काम गरेकी छिन् । एकताका रामरहिमले चलचित्र ‘हिन्दका नापाक को जवाब’ मा २१ प्रकारको भूमिका निर्वाह गरेर हनीप्रितले हलिउड नायक ज्याकी च्यानको रेकर्ड तोडेको दाबी गरेका थिए ।

हनीप्रित सोसल मिडियामा अक्सर रामरहिमसँगको आफ्नो तस्बिर सेयर गर्दै ‘पापाकी परी’ भनेर लेख्थिन् । फेसबुकमा उनले आफ्नो परिचय पापा एन्जल, समाजसेवी, निर्देशक, सम्पादक तथा नायिकाका रूपमा दिएकी छिन् । हनीप्रितका पूर्वपति विश्वास गुप्ताका हजुरबुवा विधायक भएका बेला उनीहरूको परिवार डेरासँग नजिकिएको थियो । 




Comments