डरलाग्दो अवतारमा फर्किए इकु ‘फिर्के’ बनेर

१५ कात्तिक, काठमाण्डौ

इकु नामले चिनिने अभिनेता सुलेमान शंकर ‘फिर्के’ बनेर फर्किएका छन्। पुस १४ लाई रिलिज मिति तोक्दै फिल्मको दुई पोस्टरसमेत रिलिज गरिएको छ।

फिल्ममा सुलेमानका अलावा अर्पण थापा, ऋचा शमा, कृष्टिना पौडेल, विष्णु सापकोटा, ए गुरुङ, उज्वल भण्डारी, पुरन थापालगायतले अभिनय गरेका छन्। अभिमन्यु निरवीले लेखेको फिल्मलाई रवि डंगोलले निर्देशन गरेका छन्।

Comments