रिक्सा चलाएर पाँचजना परिवार पाल्दै आएका रिक्सा चालकद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ बोरा सिमेन्ट सहयोग

रिक्सा चलाएर पाँचजना परिवार पाल्दै केदार प्रसाद तिमल्सिना रिक्सा चालकद्वारा बस्ती निर्माण कार्यका लागि ५ बोरा सिमेन्ट सहयोग गरेपछि धुर्मुसले आफ्नो फेसबुकमा लेख्नुभएको जस्ताको त्यस्तै:

रिक्सा चालकले दिए पाँच बोरा सिमेन्ट सहयोग
दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको परिवार पाल्ने रौतहट जिल्ला चन्द्रपुर नगरपालिका घर भएका केदार प्रसाद तिमल्सिना,

 जो आफैं राहतका भागिदार हुनुहुन्छ ।
 उहाँले फराकिलो मन बनाएर पाँच बोरा सिमेन्ट एकीकृत नमुना सन्तपुर बस्ती निर्माण स्थलमै आएर हस्तान्तरण गर्नुभएको छ ।

 उहाँको यो मानविय भावना देखेर हामी पनि भावुक बनेका छौं । सलाम छ रिक्सा चालक केदार प्रसाद तिमल्सिनालाई । सधै खुसी र सुखी रहनु ।


Category: National News

Comments