यी हुन् १२ वर्षीय बालिकालाई बारम्बार यौन शोषण गर्ने बसन्त कुमार लामगादे ::जसका २ श्रीमतिबाट २० सन्तान छन्

एजेन्सी । १२ वर्षीया बालिकालार्इ यौन शोषण गरेकाेकाे अाराेपमा एक ५५ बर्षीया बृद्ध पकाउ परेका छन् । भारतकाे कालेबुङ खण्ड १ मुन्थुममा बालिका याैन शोषण गरेकाेकाे अाराेपमा ५५ वर्षीय बसन्त कुमार लामगादे  पकाउ परेका हुन् ।
बारम्बार यौन शोषणको शिकार भइरहेकी बालिका नाबालिक अवस्थामा नै गर्भवती भएकी छन्। उनले आफ्नो पीडा कसैलाई सुनाउन सकिनन्। साे पिडा उनले आफ्नो पीडा आफ्नै आमालाई समेत भन्न सकिनन्।

गत बुधबार  उनले आफ्नो पेट दुखिरहेको कुरा आमालाई सुनाउन बाध्य भइन्। नानीको पेट अत्याधित दुखेपछि जब आमाले नानीलाई अस्पताल लगिन् तब एउटा अभूतपूर्व घटना थाहा लाग्यो। त्यो थियो, नानीको पेटमा हुर्किरहेको थियो एउटा शिशु। जुन शिक्षु नानीको पेटमा सात महिनाको भइसकेको छ।

घर परिवारले आफ्नो नानीको पेटमा अर्को शिशु हुर्किरहेको थाहा पाएर सबैकुरा साेद्धा बालिकाले घटना बारे बताएपछि यस्ताे खुलेकाे थियाे ।

 जब घरका परिवारले नानीलाई घटनाबारे सोध्दै गए तब नानीले आफूलाई छिमेकी वसन्त कुमार लामगादे ले दुष्कर्म गरेको घटना बताइन्।  आरोपी बसन्त कुमारको यस अघि २ श्रीमतिबाट 20 जना नानीहरू रहेको पाइएकाे छ ।

 बालिकाबाट सत्यता थाहा पाएपछि परिवारले गैरसरकारी संस्था बाल सुरक्षा अभियानको माध्यमबाट कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका थिए। यसै प्राथमिकीको आधारमा कालेबुङ पुलिसले बसन्त कुमार लामगादेलाई बुधबार साँझ पक्राउ गरेकाे छ ।

Comments