काठमाण्डाै। नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्रका नाममा मुलुकको हित विपरित हुने कुनैपनि कार्य स्वीकार्य नहुने बताएका छन् ।
बुधबार ललितपुरमा साध्यबहादुर भण्डारीले नेतृत्व गरेकाे जनमोर्चा नेपाललाई एमालेमा समाहित गराउदै ओलीले यस्तो बताएका हुन् ।
उनले मुलुकमा निर्वाचन नचाहने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने केहि प्रवृति हावी भएको भन्दै यसलाई डटेर सामाना गर्ने बताए ।
अध्यक्ष ओलीले लोकतन्त्रका मसिहा ठान्नेहरुले नै लोकतन्त्रभित्र औचित्यपूर्ण गतिविधी स्वीकार गर्न नसकेको आरोप पनि लगाए ।
कार्यक्रममा एमालेमा समाहित भएकोे जनमोर्चा नेपालका अध्यक्ष भण्डारीले मुलुकलाई अस्थिरताबाट मुक्त गरि आर्थिक विकासतर्फ अघि बढाउनका लागी सबै बामपन्थी एकै ठाउ उभिनुपर्ने बेला आएको बताए ।
कार्यक्रममा जनमोर्चा नेपाल सहित यसअघि सञ्चालित राष्ट्रिय जागरण परिषद् पनि एमालेमा समाहित भएको छ , नारायणकाजी श्रेष्ठ नेतृत्वको जनमोर्चा तत्कालीन नेकपा माओवादीसँग एकीकरण भएपछि त्यसबाट अलग रहेको समुह जनमोर्चा नेपालका रुपमा संगठित थियो ।

Comments
Post a Comment