सधै हँसिली ,रसिली ,फरासीली के हो यो राज दिदी ?
म त जन्मे देखिनै यस्तै हो जस्तो लाग्छ । मलाई जोक्स गर्न मन लाग्छ । अनि सबै जनासँग रमाईलो गर्न मन लाग्छ सायद त्यही भएर पनि होला ।
अझै पनि यति सुन्दरी हुनुहुन्छ ?
फुलको आखाँमा फुलै संसार ।
फुूलको कुरा निकाल्नु भयो अहिले सम्म गौरी मल्ललाई कतिवटा गुलाबका फुलहरु आए होलान् ?
अहिले त फूल आएको छैन । मान्छेको उमेर अनुसार फूलदिने तरीकामा पनि भर पर्छ होला । युवा हुँदा ,उमेर ढल्कीदै जाँदा फरक—फरक भावहरु झल्कने फूलहरु आउने गर्छन् । युवा अवस्थामा त धेरै आए प्रेम प्रस्तावहरु कोहि कलाकारको रुपमा माया गर्नेहरु हुनुहन्थ्यो भने कोहि विवाहकै लागि प्रेम प्रस्ताव राख्नेहरु पनि हुनुहुन्थ्यो त्यो बेलामा । सामान्य साथी,राम्रो साथीको नजरमा हेर्नेहरु धेरै हुनुहुन्थ्यो । अहिले त झन् मिडियाले यस्ता कुरालाई नजिक बनाई दिएको छ ।
सम्झनयोग्य कुनै प्रस्ताव छ ?
मलाइ एक जनाले चाहि विवाहकै प्रस्ताव राख्नु भएको थियो । आफ्नो बारेमा सबै कुराको जानकारी गराउनु भएको थियो । उहाँले आफ्नो घरको नक्सा पनि बनाएर पठाउनु भएको थियो त्यो याद छ मलाई । तर त्यो हिजोको कुरा बितिसक्यो ।
गौरी मल्लको बर्तमान कस्तो छ ?
एकदमै राम्रो छ । काम गरी राखेको छु । एउटा कलाकार आफ्नो काममा ब्यस्त रहनु खुशीको कुरा हो ।
तपाईँ आध्यात्मिक क्षेत्र तिर पनि हुनुहुन्छ होईन ?
आध्यात्मिक भनेको जसरी तपाईँले लिनुहुन्छ त्यसरी नै त्यो कुरा लागु भएर जाने हो । यो कुरामा उमेर संगै हरेक क्षेत्रमा परिवर्तन हुँदै जान्छ । मेरो संस्कार नै धार्मिक र पुजा पाठमा केन्द्रित भएको कारणले मलाई यसको प्रभाव परेको हो ।
गौरी मल्ललाई सिन्दुरको चाहाना के छ ?
चलचित्रले नै पुरा गरीदिन्छ सिन्दुर लगाउने चाहाना । राजेश हमाल,भुवन केसी ,शिव श्रेष्ठ सबैको सिन्दुर लगाउँदा—लगाउँदा वास्तविक सिन्दुर कस्तो हुन्छ भनेर बिर्सीसके मैल ।
सुटिङको एउटा रमाईलो कुरा सुनाउनु न ?
कन्यादान चलचित्रको सुटिङको बेलामा दुनियालाई टाढा छोड भन्ने सिरियस गीत थियो । मेकअप भैराको थियो । मेरो चै सकिएको थियो । म जहिले चुलबुल मान्छे । भुवनको मेकअप भैराखेको थियो । कुर्सीमा बसीराको थियो भुवन । अनि मैले पछाडिबाट ए भुवन के गरेको भनेर टाँउकोमा ड्याङग हानेको , उसले स्प्राईट खाईराको रहेछ । भुवनको दाँत त कोकमा यस्तो नराम्रो संग ठोकीयो । अनि सुटिङको तयारीमा भएको मान्छे । तैलँे गर्दा मेरो दाँत गयो भन्यो भुवनले । म त डरले यस्तो भाको होईन ,त्यो क्षण कहिले पनि बिर्सन्न म ।
अहिले भुवन दाई संग भेट हुन्छकी हुन्न ?
अहिले खासै हुन्न । उ आफ्नो काममा व्यस्त म मेरो काममा व्यस्त । यस्तै फिल्मको प्रिमियरमा भने कहिलेकाही भेट हुन्छ । हाई हेल्लो हुन्छ त्यहि हो ।
स्रोत: मज्जाको टि भी

Comments
Post a Comment