चलचित्र आगामी शुक्रबार नोभेम्बर १० तारिख कतारमा बस्ने नेपाली लाई खुसीको खबर :::दिउँसो २:१५ बजे सनैया स्थित ग्रान्ड मल नजिकैको एसियन टाउन सिनेमाको हल नं ३ मा प्रदर्शन हुन लागेको छ ।पुरा जानकारीको लागी यो लींक मा जानुहोस

नेपालमा यो वर्षकै सर्वाधिक सफल चलचित्र “छक्का पञ्जा २” कतारमा पनि प्रदर्शन हुने भएको छ। चलचित्र आगामी शुक्रबार नोभेम्बर १० तारिख दिउँसो २:१५ बजे सनैया स्थित ग्रान्ड मल नजिकैको एसियन टाउन सिनेमाको हल नं ३ मा प्रदर्शन हुन लागेको हो।

कस्तो राम्रो ईवेन्ट्सको प्रस्तुतिमा प्रदर्शन हुने सो चलचित्रको टिकट दर भने ३५,५० र ७५ रियाल तोकिएको छ। अग्रिम टिकट बुकिङ तथा अन्य जानकारीको लागि 50916387,74737143 र 30731869 मा सम्पर्क गर्न सकिनेछ।



अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ कमेडी शैलीमा उठान गरेको छक्का पञ्जा २ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन । समिक्षकले चलचित्रलाइ औषत भनेता पनि नेपाली दर्शकले  चलचित्रलाइ भने रुचाएका छन् । अहिले सम्म ‘छक्का पन्जा २’ सर्वाधिक कमाउने चलचित्रको दोश्रो स्थानमा आइपुगेको छ , ऊ अब आफ्नै “छक्का पन्जा’को सर्वाधिक कमाइको रेकर्ड तोड्न भने अझै केही दिन कुर्नुपर्ने हुन्छ ।

दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

Comments