‘ऐश्वर्य’ हेरेपछि भुवनदेखि विराजसम्मले के भने ?

कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ टीमले राजधानीस्थित सिटिसी मलमा रहेको सिने डी सेफमा स्पेशल शोको आयोजना गरेको छ । फिल्मलाई दर्शकले रुचाइरहँदा टीम र फिल्मकर्मीसंगै मिडियाकर्मीलाई पनि फिल्म हेराउने उद्येश्यले शोको आयोजना गरिएको फिल्मका नायक तथा निर्माता रमेश उप्रेतीले बताए ।

‘ऐश्वर्य’लाई स्पेशल शोमा हेर्न अभिनेता तथा निर्देशक भुवन केसी, कलाकार बिराज भट्ट, अभिनेत्री भुवन चन्द, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुपा राणा, निर्देशक दिनेश डिसी, मुस्कान ढकाल, द्वन्द निर्देशक राजेन्द्र खड्गी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक हिमाल सागर, कलाकार विश्व बस्नेत, संविधानविद डाक्टर भीमार्जुन आचार्य, वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए । फिल्म हेर्ने अधिकांशले यसको मेकिङको प्रशंशा गरेका छन् ।

नायक भुवन केसीले फिल्मको मेकिङ सबैभन्दा बलियो पक्ष बताए । उनले भने, ‘रमेशले आफुलाई राम्रो कलाकार भनेर त प्रमाणित गरिसकेको थियो नै आजबाट ऊ राम्रो निर्माता पनि हो भन्ने प्रमाणित भयो । फिल्म मार्फत डेब्यु गरेकी दीपिकाको भविष्य मैले उज्वल देखेको छु भने प्रशान्तले निकै राम्रो काम गरेक छन्, म उनको फ्यान भएँ ।’ यस्तै, नायक बिराज भट्टले पनि फिल्मको मेकिङको नै प्रशंशा गरे ।



फिल्म हेरेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भनिन्, ‘नेपाली फिल्म एक स्टेपमाथि पुगेको आभास मैले पाएकी छिन । डेब्यु गर्ल दीपिकाले राम्रो काम गरेकी छिन भने म केकी दिदीको फ्यान नै भएँ ।’ दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ ।

Comments