कार्तिक १६, काठमाडौं । पाँच जना राउटेको एक समूह यतिबेला काठमाडौ आइपुगेको छ । जाडोको सिजन सुरु भएसँगै उनीहरु काठमाडौं आएका छन् । उनीहरु सुर्खेतबाट आएका हुन् । त्यही समूहमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका मित दिपक शाही पनि रहेका छन् ।
आफूहरुको खानेकुरा सकिएको र जाडो मौसमको सुरुवात भएसँगै आफूहरुलाई समस्या भएकोले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य पार्टीका शिर्ष नेताहरुसँग भेटेर सहयोग माग्ने र कठ्याङ्ग्रीदो जाडोबाट बच्नको लागि कम्मल, सिरक लगायतका सामाग्री लिन आफुहरु आएको बताएका थिए । तर राउटेको समूहलाई प्रधानमन्त्री देउवाले भेट्न मानेनन् । राउटे समूहले प्रधानमन्त्री देउवाको सचिवालयमा फोन गरेर भेट्ने समय उपलब्ध गराइदिन आग्रह गरेको तर बिहीवार देउवा धनगढी जान लागेको भन्दै टारेको भन्दै उनीहरूले दुखेसो पोखे ।
प्रधानमन्त्री मात्रै होइन अन्य नेताहरुलाई पनि फोन गर्दा कसैको नउठेको र उठाए पनि फुर्सद नभएको भनी प्रतिक्रिया दिएको भन्दै निराश भएको बताए । प्रधानमन्त्रीले राउटे न साउटे गरिब जनता हेर्दैन् भन्ने केपी ओलीले पनि त्यस्त भन्ने रु कोही नेताले यहाँ छैन भन्ने, हामीले के गर्ने रु रुवावासी गरेर त जानु पर्यो, राउटेले भने । तर भोलि उपराष्ट्रपति नन्दकिशोर पुनलाई आफुहरुले भेट्ने उनीहरुले बताए । उपराष्ट्रपतिका छोरा दिपेशले पनि भोलि आफुहरुलाई भेट्ने भनेको उनीहरुले जानकारी दिए ।
त्यस्तै अनेरास्ववियुकी अध्यक्ष नविना लामा राउटेको त्यस समूहलाई भेट्न पुगेकी थिइन् । लामाले आफुहरुलाई परिर्वतन गरेर विस्तारै मानिसको जस्तै रहनसहन सिक्नु पर्ने भन्दै उनीहरुलाई सम्झाएकी थिइन् । लामाले उनीहरुलाई केही बल्याकेट पनि सहयोग गर्ने पनि बाचा गरिन् । मेरो नवलपरासी डटकम बाट

Comments
Post a Comment