घाटवेशी (धादिङ) : गत शनिवार गजुुरी गाउँपालिका ५ घाटवेशी स्थित बाँङगेमोडबाट त्रिशुली नदीमा बस खस्दा हराइरहेका ३ जनामध्ये १ जनाको शव भेटिएको छ।
इलाका प्रहरी कार्यलय गजुरीका अनुसार दुर्घटनास्थल नजिकैबाट पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ३०-३२ वर्षको देखिने पुरुषको शव भेटिएको हो।
गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले भने, ‘बस दुर्घटना भएको १५ मिटर आसपासको क्षेत्रबाट एक जना पुरुषको शव भेटिएको छ, तर सनाखत हुन सकेको छैन,
खोजी गरिदिन आएको आग्रह अनुसार हामीले अभिषेक झाको शव हुन सक्ने शंका लागेर सनाखत गर्नको लागि आफन्तलाई खवर गरेका छौँ।’
गत शनिवार सप्तरीका यात्रुहरु बोकेर हेटौंडाबाट काठमाडौ जाँदै गरेको बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको थियो भने ३ जना त्रिशुली नदीमा बेपत्ता भएका थिए। घटनामा १६ जना यात्रुहरु पौडेर बाच्न सफल भएका थिए।

Comments
Post a Comment