बिहे गरेदेखी चलचित्र देखी गुमनाम बनेकी ऋचा सिंह ठकुरी अहिले जुर्मुराउन थालेकी छिन् । उनी निर्मात्रीका रुपमा चलचित्र क्षेत्रमा पुनः प्रवेश गर्दैछिन् ।
ऋचाको प्रस्तुतिमा उनकै निर्माण कम्पनी अबिर हाउस प्रोडक्सनबाट चलचित्र ‘सुपर गोर्खे’ तयार भएको छ । राज थापाको निर्देशन रहेको चलचित्र ‘सुपर गोर्खे’मा ऋचासिंह ठकुरी नै मुख्य नायिका छिन् भने निर्देशक तथा उनका श्रीमान राज नायक रहेका छन् ।
हालै उक्त चलचित्र ‘सुपर गोर्खे’को टिजर सार्वजनिक भएको छ । हास्यशैलीको टिजरमा सुपरम्यान, ब्याटम्यानपछि नेपाली सुपरहिरो सुपर गोर्खेलाई हेर्ने आग्रह गरिएको छ ।
चलचित्र ‘सुपर गोर्खे’का निर्माता इश्वरीसिंह ठकुरी, रामकृष्ण (ठुले), सुदिपजङ्ग थापा हुन् भने यसमा ताराप्रकाश लिम्बु र फिलिप जोनको संगीतमा सुदिन पोखरेल, रुपक डोटेल, ताराप्रकाश लिम्बु, रजिना रिमाल र मिलन अमात्यको गायन रहेको छ ।
यसका कलाकारहरुमा ऋचासिंह ठकुरी, सुरजसिंह ठकुरी, निराजन लुइ“टेल, भुपेन्द्र क्षेत्री, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई, कामना भुजेल र राज थापा रहेका छन् ।
किरण माइकलको लेखन रहेको चलचित्र ‘सुपर गोर्खे’लाई सौरभ लामाले खिचेका हुन् भने यसका सम्पादक बनिश शाह हुन् । चलचित्र ‘सुपर गोर्खे’मा चन्द्र पन्तको एक्शन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यम रानाको भिएफएक्स रहेको छ ।
एफडी कम्पनीले वितरण गर्ने चलचित्र ‘सुपर गोर्खे’ मंसिर २९ गते देशभरी एकैसाथ प्रदर्शन हुने भएको छ ।

Comments
Post a Comment