सोह्र वर्षीया युवतीलाई यसरी नाङ्गै पारेर गाउँ घुमाइयो !!

पेशावर (पाकिस्तान), एक १६ वर्षीया युवतीलाई नाङ्गै पारेर गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । पाकिस्तानको पख्तुनख्वा प्रान्तको डेरा स्माइल खाँ शहरभन्दा ८० किलोमिटर टाढा रहेको चौदवा गाउँमा यस्तो घटना भएको हो ।

निक्कै दुर्गभ गाउँमा भएको यो घटनालाई स्थानीय पत्रकारले बिहीबार सार्वजनिक गरेका हुन् । स्थानीय पत्रकारलाई युवतीले जानकारी दिए अनुसार केही हतियारधारी व्यक्तिहरुले उनका कपडा काटेर नाङ्गै बनाई करिब १ घण्टा गाउँ घुमाएका थिए । उनले भनिन्, ”म मेरी बहिनीसँग तलाउबाट घैटामा पानी भरेर घर तर्फ फर्किदै थियौँ त्यसैबेला ती मान्छे हाम्रो नजिक आए । एउटाले मलाई धक्का दियो, म लडेँ । त्यसपछि उसले कैचीले मेरा सबै कपडा काटिदियो । मेरी बहिनीले उनको पछ्यौराले मलाई ढाक्ने प्रयास त गरिन् तर त्यो पछ्यौरा पनि उसले खोस्यो ।”

त्यसपछि उनी भाग्दै नजिकै रहेको एक घरमा पुगिन तर त्यहाँ पनि उनीहरुले पिछा गर्दै गएर तानेर बाहिर निकाले । उनले अगाडि भनिन्, ‘म एक खाटको मुनि लुकेकी थिएँ, उनीहरुले तानेर बाहिर निकाले । त्यहाँ एक छिमेकीले छेक्ने प्रयास गरे पनि उनलाई बन्दुक देखाएर धम्क्याए ।’

एक घण्टा यो क्रम चलिरहेपछि मात्रै उनीहरुले युवतीलाई छोडेका थिए । त्यसपछि उनले नजिकै रहेको काकाको घरमा गएर लुगा लगाएकी थिइन् ।

यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । एक जना अझै फरार रहेका छन् । युवतीलाई किन यसरी घुमाइयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार, ती हतियारधारीकी बहिनीसँग ती युवतीका दाजुको गोप्य प्रेम थियो । केही समय पहिले नै सार्वजनिक भएको सो प्रेममा स्थानीय पञ्चायतको निर्णय अनुसार युवतीका दाजुले जरिवाना पनि तरिसकेका थिए । तर केटीका परिवारमा बदलाको भावना गइनसकेकोले बहिनीलाई नाङ्गै पारेर बदला लिएको हुन सक्छन् । स्रोत: बीबीसी

Comments