बेलायत – बेलायतका विभिन्न सहरमा प्रस्तुति गर्न नेपाल आइडलको सांगीतिक टोली बेलायत आइपुगेको छ । पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दास र टप टेनमा पर्न सफल प्रतिस्पर्धी प्रमिला राई बुधबार बिहान लण्डन उत्रिएका छन् । उनीहरुका साथमा आएका नेपाल आइडलका उद्घोषक सुशील नेपाल र गायक विवेक श्रेष्ठलाई आयोजकले विमानस्थलमा स्वागत गरेको छ ।
स्वागतका लागि आयोजक मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरी, तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङ,यती एसोसिएसनका पूर्वअध्यक्ष उमेश मोक्तान, सपन इन्टरटेन्मेन्टका निर्देशक सपन राई, डार्टफोर्ड नेपाली समाजका अध्यक्ष दिपक थापा पत्रकार नबिन पोख्रेल, धुर्ब अर्याल ,कुशल श्रेष्ठ लगायत हिथ्रो विमानस्थलको टर्मिनल ४ मा पुगेका थिए ।

Comments
Post a Comment