रितिक अधिकारी, सर्लाही । तरकारीमा छिट्ने विषादी सेवन गर्दा सर्लाहीको फूलपरासीमा आज एक बालिकाको ज्यान गएको छ । अरु ४ जना बालबालिका सिकिस्त बिरामी परेका छन् ।
सो घटनामा कौेडेना गाउँपालिका– २ फूलपरासी बस्ने राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
बालबालिका खेल्ने क्रममा स्थानीय राम प्रताप रायको घरमा तरकारीमा छिट्न राखेको औषधी पिउँदा बालबालिका बिरामी परेका हुन् ।
औषधी सेवन गर्दा घरधनी राम प्रतापकी ४ वर्षीया छोरी पूजा कुमारी, २ वर्षको छोरा आदित्य कुमार, सोही ठाउँका बिकाउ रायकी ४ वर्षीया छोरी खुश्वु कुमारी र २ वर्षको छोरा खुशीलाल सिकिस्त बिरामी परेका प्रहरीले बताएको छ ।
उनीहरुको चिन्ताजनक अवस्थामा जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँ ले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको एसपी खाँ ले बताउनु भयो । बालबालिकाले विषाक्त औषधी हो भनेर थाहा नपाइ खानेकुरा हो की भनेर खाएको हुन सक्ने गाउँलेहरुले बताएका छन् । सो घटनापछि फूलपरासी गाउँ अहिले शोकाकुल बनेको छ ।

Comments
Post a Comment