एजेन्सी, चैत ८
कतिपय मानिस मोबाइलमा धेरै समय बिताइरहेका हुन्छन् । तर, जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानहरूले देखाएका छन् । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजननदेखि स्वास्थ्यसम्म असर गर्ने गरे वैज्ञानिक रूपमै पनि पुष्टि भइसकेको छ ।
यस्तै क्रममा एक अनुसन्धानले राति सुत्दा फोन सँगै राख्न नहुनुे निष्कर्ष निकालेको छ ।
चीनको इन्स्टिच्युट अफ् एनबिसी डिफेन्स एन्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न कडा चेतावनी दिएका हुन् ।
अनुसन्धानकर्ताहरूको एक समूहले लिथियम–आयन ब्याट्रीबाट निस्कने झन्डै सयभन्दा बढी विषालु ग्याँसको पहिचनसमेत गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ ।
यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्छ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउने अनुसन्धानबाट खुलेको छ ।
उनीहरूका अनुसार अहिले पनि धेरै मानिस स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् ।
इन्स्टिच्युट अफ् एनबिसी डिफेन्सका प्रोफेसर जी सनले भनेका छन्, ‘आजकाल संसारभरिका मानिस लिथियम आयन ब्याट्रीको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरूलाई यसको खतराबारे पनि जानकारी हुन आवश्यक छ ।’
प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्त्वको पहिचान गरेका छन्, जसले विषाक्त ग्याँसको मात्रा बढाउन सक्छ । उदाहरणका लागि पूर्ण रूपमा चार्ज भएको एउटा ब्याट्रीले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रीभन्दा धेरै विषालु ग्याँस निकाल्ने बताइएको छ ।

Comments
Post a Comment