एएफसी यू–१९ मा आज नेपाल र बहराईन भिड्दै , कसरी हेर्ने लाईभ ? सम्पुर्ण जानकारी

कार्तिक १६ । एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा आज नेपालले बहराईनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार आज दिउसो ४ बजेर ४५ मिनेटमा हुनेछ । यो खेलको प्रतक्ष्य प्रसारण हामी यसै वेबसाइट मार्फत गर्नेछौं । समूह ए को छनौट चरणको पहिलो खेलमा किर्गिस्तानसँग दुई शुन्यले पराजित नेपाल आजको खेलमा जीत निकाल्ने प्रयासमा हुने छ । आजको खेलमा हारेमा छनौट यात्रा कठिन हुने भएकाले नेपाललाई खेल जित्नैपर्ने दवाव छ ।



एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिपको छनोट समूह ’ए’ मा नेपालसहित युएई, ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन । नेपालले छनौट चरण अन्र्तगत शनिबार युएई र आगामी बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी अण्डर नाईन्टिन च्याम्पियनसिपमा छनोट हुनेछ ।



दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ । सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी अण्डर नाईन्टिन च्याम्पियनसिपमा १६ टिम बीच प्रतिस्पर्धा हुनेछ। १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम प्रतियोगिताका लागि छनौट हुनेछन । आयोजकको रुपमा इन्डोनेसिया भने प्रतियोगिताका लागि छनोट भइसकेको छ ।


फोटो: सेतो पाटी
सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ आयोजकसहित १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्। हामी यो खेलको लाईभ भिडियो दिने कोसिस गर्ने छौ कृपया हाम्रो वेबसाइट भिजिट गर्दै गर्नु होला ।

यस्तो छ नेपाली टिम : अर्पण कार्की, प्रेजेन तामाङ, अभिषेक बराल, विश्वास उदास, असिम भुषाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, आकास श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बू, अशोक थापा, दिनेश हेम्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, अरिक विष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिष थापा, सोजित गुरुङ। मुख्य प्रशिक्षक – छिरिङ लोप्साङ गुरुङ सहायक प्रशिक्षक – पुष्कर शाही गोलकिपर प्रशिक्षक – मृग्रेन्द्र मिश्र

Comments