सिन्दुर लगाएको देखिईन् दीपा, बाहिरियो ‘शत्रु गते’को सेटबाटयस्ता तस्बिरहरु

मह संचारको ब्यानरमा किरण केसीको प्रस्तुतीमा छायांकन भईरहेको चलचित्र ‘शत्रु गते’को छायांकन स्थलबाट केहि तस्विरहरु बाहिरिएका छन् ।

एक साताअघि छायांकनको लागि बिरगन्ज पुगेको चलचित्रमा कलाकारहरुको गेटअपको फोटो बाहिरिएका हुन् । निर्देशक प्रदीप भट्टराई सहित अभिनेता हरिवंश आचार्य, अभिनेत्री दीपाश्री निरौला र कलाकार शिवहरी पौडेलको ‘विफी’ बाहिरिएको हो ।



चैत ९ गते प्रदर्शनको तयारीमा जुटेको चलचित्रमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सहित दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा,

शिवहरी पौडेल, किरण केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा हरिवंश र दिपाश्री, दिपक र प्रियंका अनि पल र आँचलको जोडी छ ।

 यो भन्दा अघि तीनओटै चलचित्रहरु सुपरहिट गराईसकेको हास्यकलाकारहरुको चलचित्र भएकोले चलचित्रले राम्रो ब्यापार गर्ने धेरैले आशा लिएका छन् ।

Comments