नेपाल आइडल टोलीलाई लण्डनमा यसरि गरियो स्वागत ( फोटो फिचर )

नेपाल आइडलको पहिलो सस्करण सकिए लगतै , पहिलो सस्करणका प्रस्तिप्रधी लगाएत बिजेता हरु बिश्व भ्रमणमा छन। देश तथा बिदेशको विभिन्न सहरहरुमा साङेतिक प्रस्तुती गर्दै आफ्नो प्रतिनिधित्व जनाएका छन। यस्तै क्रममा नेपाल को विभिन्न ठाउँहरु , पोखरा , काठमाडौं , ललितपुर , झापा हुँदै पुर्ब नेपालको विभिन्न ठाउँहरुमा साङेतिन कार्यक्रम सम्पन्न भई सकेको छ।



हिजोमात्र नेपाल आइडल को एक टोलि विभिन्न कार्यक्रमको लागि लण्डन पुगेका छन। उक्त टोलिमा पहिलो नेपाल आइडल बुद्ध लामा, दोश्रो हुन सफल निशान भट्टराई, तेस्रो हुन सफल प्रताप दास,प्रमिला राई, कार्यक्रम प्रस्तोता सुशिल र अन्य टिम रहेका छन। लन्डन बसाईमा , लन्डनको विभिन्न शहरहरुमा नेपाल आइडल टोलिले माहोल तताउने छन।यस लगतै नेपाल आइडल टोलिको अस्ट्रेलियाको भ्रमणमा निस्क्ने छन।


बेलायतका विभिन्न सहरमा प्रस्तुति गर्न नेपाल आइडलको सांगीतिक टोली बेलायत आइपुगेको छ । पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दास र टप टेनमा पर्न सफल प्रतिस्पर्धी प्रमिला राई बुधबार बिहान लण्डन उत्रिएका छन् । उनीहरुका साथमा आएका नेपाल आइडलका उद्घोषक सुशील नेपाल र गायक विवेक श्रेष्ठलाई आयोजकले विमानस्थलमा स्वागत गरेको छ ।

स्वागतका लागि आयोजक मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरी, तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङ,यती एसोसिएसनका पूर्वअध्यक्ष उमेश मोक्तान, सपन इन्टरटेन्मेन्टका निर्देशक सपन राई, डार्टफोर्ड नेपाली समाजका अध्यक्ष दिपक थापा पत्रकार नबिन पोख्रेल, धुर्ब अर्याल ,कुशल श्रेष्ठ लगायत हिथ्रो विमानस्थलको टर्मिनल ४ मा पुगेका थिए ।

Comments