मुम्बई – हम दिल दे चुके सनम, देवदास, गुरु जस्ता सुपरहिट चलचित्र दिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चनको आज ४४ औं जन्मदिन हो ।
४४ वर्षकी यी नायिका बलिउडकी सुन्दरीका रुपमा चिनिन्छिन् । उनको रुपलाई लिएर अहिले पनि उनका फ्यान कायल हुन्छन् । ऐश्वर्या रायसँग बलिउडका नयाँ कलाकार काम गर्नका लागि पनि उत्तिकै रुचि राख्छन् ।
आज ऐश्वर्याको जन्मदिनमा बलिउडका हस्तीले उनलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेकी छन् ।
उनले कैयन् वर्षदेखि मिडियासँग आफ्नो जन्मदिन मनाउने गरेकी छिन् । तर यसपटक भने उनले जन्मदिन नमनाउने भएकी हुन् ।
खासमा ऐश्वर्या रायका बुबाको यस वर्ष निधन भएको थियो । त्यही कारणले उनले आफ्नो जन्मदिन नमनाउने भएकी हुन् । यस वर्ष अभिनेता अमिताभ बच्चनले पनि आफ्नो जन्मदिन मनाएका थिएनन् ।
पूर्व विश्व सुन्दरी एवं बलिउड नायिका ऐश्वर्या राय बच्चन ४४ वर्षमा प्रवेश गरेकी छिन्। उनी बुधवार २३ वर्ष पुरा हुँदै ४४ वर्षमा लागेकी हुन ।
१९९४ मा मिस वल्र्ड बनेकी उनी विश्वभरी चर्चित बनेकी थिइन् । ४४ बर्ष पुग्दा समेत उनको उनको सौन्दर्यता उस्तै छ । उनका नसालु आँखाको चर्चा अहिले पनि हुने गरेको छ।
उनको जन्म १ नोभेम्बर १९७३ मा मंगलुरुमा भएको थियो । उनी आर्किटेक्ट बन्न चाहन्थिन्। उनले यसका लागि एउटा इन्टिच्युटमा भर्ना पनि भएकी थिइन्।
तर, मोडलिङले उनको करिअरमा अर्को मोड ल्यायो। आज उनी बलिउडको सफल अभिनेत्री, आफ्नो परिवारको निकै हेरविचार गर्ने हट एन्ड फिट आमाको रुपमा चिनिने गरेकी छिन्। कुनै बेला उनको नाम सलमान खान र विवेक ओबरोयसँग जोडिएको थियो।
सलमान र ऐश्वर्याको अफेयर १९९९ मा रिलिज भएको ‘हम दिल दे चुके सनम’ बाट सुरु भएका थियो। जुन २००१ सम्म चल्यो। सलमानको भड्किलो बानी व्यहोराका कारण ऐश्वर्याले उनीसँग दुरी बनाएकी थिइन्। यसपछि उनको नाम विवेकसँग जोडियो।
ऐश्वर्या र विवेकले सन् २००४ मा ‘क्यो हो गया ना’ फिल्ममा पनि काम गरेका थिए। यसपछि उनीहरुको हिमचिम बढेको बताइन्छ। ऐश्वर्याले कहिले पनि खुलेर भनिन्, विवेकसँग उनको सम्बन्ध थियो। तर, हरेक कार्यक्रममा उनीहरु सँगै देखिन्थे।
विवेकले एकपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै ऐश्वर्यासँग आफ्नो बढ्दो सम्बन्धका कारण सलमान खानले फोनबाट धम्की दिन थालेको आरोप लगाएका थिए। यसपछि ऐश्वर्याले विवेकसँग सम्बन्ध तोडेकी थिइन्। सन् २००० मा ‘ढाई अक्षर प्रेम के’ मा ऐश्वर्याले पहिलो पल्ट अभिषेकसँग काम गरेकी थिइन्।
यसपछि उनीहरुको ‘उमराव जान’ रिलिज भएको थियो। बिस्तारै बढ्दो हिमचिमले उनीहरु बीच प्रेम भएको थियो। ऐश्वर्याले अभिषेकसँग ७ वटा फिल्म गरेकी थिइन्।
‘गुरु’ को सेटमा अभिषेकले ऐश्वर्याले प्रपोज गरेका थिए। यतिबेलासम्म अभिषेकले करिश्मा कपुरसँग विवाह गर्ने लगभग कन्फर्म थियो।
अभिषेक र करिश्माको कुरा पनि छिनिएको थियो। तर, २००३ मा उनीहरुको सम्बन्ध टुटेको थियो। ऐश्वर्याले २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् र २०११ मा छोरी आराध्यालाई जन्म दिइन्।
ऐश्वर्यको १० वर्ष अगाडि विवाह हुँदा उनको उमेर ३३ वर्षको थियो। अभिषेक उनीभन्दा २ वर्ष कान्छा हुन्। छोरीको जन्मपछि ऐश्वर्याले ५ वर्ष फिल्मबाट विश्राम लिएकी थिइन्।
उनी २०१५ मा ‘जज्बा’ मार्फत फेरि फिल्मसँग जोडिन पुगिन्। पछिल्लो वर्ष मात्र उनको दुईवटा फिल्म सरबजीत र ऐ दिल हे मुस्किल सार्वजनिक भएको थियो। यतिबेला ऐश्वर्या अतुल मन्ज्रेकरको निर्देशनमा बन्न लागेको ‘फन्ने खाँ’ को सुटिङमा व्यस्त छिन्।

Comments
Post a Comment