बारा – बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २० स्थित रेडक्रस टोलमा अंशवण्डाको बिषयमा कुरा नमिले पछि आफ्नैं दुई छोराले बाबुको ज्यान लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक राजकुमरा वैदवारका अनुसार छोराहरु २० बर्षिय सुनिल महत्तो र १७ बर्षका अर्जुन महत्तोले बाबु हिरालाल महत्तोसँग अंशवण्डामा पर्ने जग्गाको बिषयमा बिहान घर मा सामान्य भनाभन भई बिवाद भएको थियो ।
बिवाद बढे पछि दुई छोराहरुले बाबु हिरालाललाई चिर्पटले टाउकामा हिर्काएका थिए । घाईते महत्तोको कलैया अस्पतालमा उपचार हुँन नसके पछि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाईएको थियो । अस्पताल पु¥याएको केही समय पछि चिकित्सकले उनको मृत घोषणा गरेको थियो ।
घटनामा संलग्न मृतकका दुई छोराहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले हिरासतामा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारले बताएका छन् ।

Comments
Post a Comment