सन्नी देओल रोए, सुटिङमै छोराको कारणले…

बलिउड अभिनेता सनि देवल फिल्म क्षेत्रका चर्चित नायक हुन् । अभिनेता सन्नी देओल छोरा करणलाई बलिवुडमा डेब्यु गराउन प्रयासरत छन् । उनी छोरा करण्का लागि ‘पल पल दिलके पास’ नामक सिनेमा निर्माण गरिरहेका छन् ।

निर्माणाधिन सिनेमाको एक सुटिङ सेटमा छोरालाई देखेर सन्नी देओल रुन पुगेको खबर बारे यति बेला बलिवुडमा गाँईगुई चलिरहेको छ ।

खबर अनुसार मनालीमा सुटिङ चल्दै गर्दा एउटा दृष्यका लागि करणले कयौं ‘टेक’ लिए । अत्याधिक चिसो र ‘रिटेक’ बाट अत्तालिएका करण बुवा सनी देओलको छेउमा आएर रुन लागे । करणलाई रोएको देखेर सनीका आँखामापनि आँशु चुहिए । बुवा छोरा एक साथ रोएको देखेर निर्माण युनिटका सदस्यहरुमा एकाएक चुपचाप देखिए ।

पछि सन्नीले छोरालाई सम्झाए, ‘बाबु मेहनत त गर्नै पर्छ । म जे गर्दैछु तिम्रै करियरका लागि त गर्दैछु ।’ सनीले सम्झाएपछि करण सुटिङ हुन बाँकी भाग पूरा गर्नतर्फ लागे । भित्री मनबाट अत्यन्तै दयालु स्वाभावका सन्नी यसअघि पनि कयौं पटक ‘इमोशनल’ अवस्थामा देखिएका थिए ।

करण देओलको डेब्यु सिनेमा ‘पल पल दिल के पासको ४० प्रतिशत सुटिङ सम्पन्न भइसकेको छ । राजवीर देओल फिल्मी दुनियाँमा नाम परिवर्तन गरेर डेब्यु गर्दैछन् ।

टिभी नेपाली

Comments