नरेशको ‘सेल्फी क्वीन’मा सन्दीप र शुशिल....

संचारकर्मी नरेश भट्टराईको नयाँ गीत ‘सेल्फी क्विन’ सार्वजनिक गरिएको छ ।

 भट्टराईको शब्द र अनिल सिंहको संगीत तथा अनिलसंगै रविना थापाले स्वर दिएको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो ।

 सार्वजनिक गीतको भिडियोमा मिठाईलालको रुपमा परिचित चर्चित हास्यकलाकार सन्दिप क्षेत्री र गायिका रविना थापालाई फिचरिङ गरिएको छ ।



‘फलो मि’ एल्बममा समावेश ‘सेल्फी क्विन’गीतको भिडियोमा सन्दीपको साथमा नेपाल आईडलका होस्ट शुशिल नेपाल र राजेश थापा पनि बिशेष भुमिकामा देखिएका छन् ।

 सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी एण्ड टिमको छायाँकन रहेको छ । भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई रङ पत्रकार सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

Comments