चर्चामा प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको टिमअप, यसो भन्छिन् साम्राज्ञी ::::::हेर्नुहोस

पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय अभिनेता हुन् प्रदिप खड्का। असफल डेव्यु पश्चात लगातार दुई हिट चलचित्र दिएका प्रदिप खड्का नयाँ चलचित्र ‘लिलिबिली’ मा महँगो पारिश्रमिक लिएर अनुबन्धित भैसकेका छन्।
उनले ‘प्रेमगीत’ र ‘प्रेम गीत २’ दुइ सफल चलचित्र दिएका छन्। उनलाई लिएर निर्माताहरु चलचित्र बनाउन लालायित हुने गर्दछन्।


त्यस्तै लगातार दुई सफल चलचित्र दिएकी साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पछिल्लो समय चर्चामा रहेकी छिन्। ड्रिम्स डेव्यु गर्ल साम्राज्ञीको दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ पनि हिट बनेको छ।
 तेश्रो चलचित्र ‘तिमि संग’ को छायाँकन सकेर चौथो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को तयारीमा उनि रहेकी छिन्।

यहि दौरान प्रदिप र साम्राज्ञी एकै चलचित्रमा रहने चर्चा मिडियामा आउन थालेको छ। सुवास गिरीको निर्माणमा तयार हुने एक चलचित्रमा दुवै एकसाथ रहने चर्चा केहि मिडियामा चल्दै आएको छ।
तर साम्राज्ञीले भने अहिले आफुले कुनै पनि नयाँ चलचित्रमा काम गर्न साइन नगरेको बताएकी छिन्।

हामी संगको कुराकानीमा उनले अहिले आफुले कुनै पनि नयाँ चलचित्रमा काम गर्ने तयारी नगरेको बताएकी छिन्।

सुवास गिरीको लगानीमा यतिबेला चलचित्र ‘कृ’ को निर्माण भैरहेको छ। ‘कृ’ पश्चात उनले निर्माण गर्ने नयाँ चलचित्रमा प्रदिप रहन सक्ने कुरा बाहिरिएको थियो।
अव युवापुस्तामा निकै लोकप्रिय यी दुई भोलि पर्दामा देखिने हुन् या होइनन् त्यो भने भविष्यले बताउनेछ।  977mag

Comments