बुटवल, १५ कात्तिक ।
रुपन्देहीमा अहिले डेंगुको सक्रमण बढ्दो छ । लुम्बिनी अञ्चल अस्पतालमा
हाल सम्म करिव १ सय ८६ भन्दा बढि विरामीहरुमा डेंगुको शंक्रमण देखिएको छ
। डेंगुको शंक्रमण देखिएपछि यस क्षेत्रमा स्थापना भएको मेडिकल
ल्याब्रोटरीहरु(ल्याव)ले मनोमानी रुपमा परिक्षण शुल्क लिने गरेको पाइएको
छ ।
बुटवलमा रहेको नेशनल प्याथ ल्यावले २१ सय रुपैया डेंगु परीक्षण गरेवापत
शुल्क लिएको पाइएको छ । ल्यावमा कार्तिक १२ गते गएका एक विरामीलाई
नेशनलले सेवा शुल्क सहित २२ सय ५ रुपैया लिएको प्रमाण फेला पारेको छ ।
त्यस्तै बुटवल उपमहानरपालिका जनस्वाथ्य ईकाइमा डेंगु परिक्षण गर्दा
सेबाग्राहीले ३ हजार रुपैयाँ सम्म तिर्नुपरेको गुनासो आएको छ ।
बुटवल
उपमहानरपालिका स्वाथ्य ईकाईका प्रमुख डा. रमेश के सी का अनुसार
उपभोक्ताबाट ल्यावले डेंगुरोग परिक्षणमा ३ हजार रुपैया सम्म लिएको गुनासो
आएको छ । उनले उपभोक्ताहरुले गुनासो गरेको र सो विषयमा आवश्यक छलफल
पनि अगाडी बढाएको बताए ।
उनले बढि रकम लिएको जानकारी आएपछि मेलाल रुपन्देही संग छलफल
गरिएको र आगामी दिनमा यस्तो नहुनेमा आफु विश्वस्त भएको जानकारी दिए ।
मेडिकल ल्यावहरुको संस्था मेडिकल ल्याब्रोटरी एशेसियसन नेपाल(मेलान) का
अनुसार डंगुपरिक्षण गरेको शुल्क १ हजार मात्रै हो । मेलान रुपन्देहीका अध्यक्ष
गुणानीधि खनालले डेंगु परिक्षणको शुल्क १ हजार रुपैयाँ मात्रै भएको
बताउँछन् । उनले बढि रकम लिन नपाईने र कसैले लिएको पाइएमा कारबाही
गरिने समेत बताए ।
ल्याबहरुले ५ प्रतिशत सेवा शुल्क को रुपमा ५० रुपैयाँ भने लिन पाउने उनको
तर्क रहेको छ । बजारमा डेंगु अभाव भएको भन्दै बढि मूल्य लिने गरेको समेत
पाइएको छ । तर मेलान रुपन्देहीले भने डेंगु परिक्षण गर्ने किटको अभाव
नभएको बताएको छ ।
जनस्वाथ्य शाखा बुटवल उपमहानरपालिकाका प्रमुख डा. रमेश के.सीका अनुसार डेंगु
रोगको विरुद्व अहिले जनचेतानामुलक कार्यक्रम अगाडी बढाएको जानकारी दिए ।
अहिले विद्यालयका वालावालिकालाहरुलाई लक्षित गरेर विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई
तालिम र सचेतना प्रदान गरिएको जानकारी दिए । अहिले बुटवल र आसपासमा देखिएको
डेंगुलाई महामारीकोरुपमा लिन नसकिने भन्दै लामखुट्टे नियन्त्रणको लागि
विषादी छर्नको लागि रोगनियन्त्रण महाशाखाबाट मात्रै अनुमती पाएर गर्न सकिने र त्यो रोग नियन्त्रण महाशाखा तथा ईपिडीयोमोलोजी शाखाबाट मात्रै कारवाही
हुन सक्ने उनको भनाई रहेको छ ।
के हो डेंगु ?
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग
हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी
लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी
क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पानेर्
गर्दछ ।
खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा,
थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका
ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा
हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिन्छ ।
डेंगु एडिस एजेप्टाई
र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो ।
यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् ।
एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो
लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे
फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल
नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन ।
क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको
सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु
साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरीन्छ ।
ज्वरो घटाउन सिटामोल
खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा
आईबुप्रोफेन भने खान हुँदैन । डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार
समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य
उपाय हो । डेंगु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल
नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।
लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो
५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने, पेट दुख्ने
–नाक वा गिजाबाट रगत बग्ने रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू
देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।
बच्ने उपाय
–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि
रोक्नु पर्छ ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा
मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न
नदिने
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै
जम्मा भएको पानी सफा गर्ने
–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर
ढाकिने लुगा लगाउनुपर्छ
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना
केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।
समाचार

Comments
Post a Comment