,काठमाण्डौ । नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय सर्वाधिक रुचाईएको ‘रिल कपल’ हो । उनिहरुले सँगै केहि चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।
हालै पल र आँचल अभिनित नेपाली पप गीत ‘चिटिक्क’को भिडियो सार्वजनिक गरिएको छ । सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ ।
एक युवकले कल्पना गरेकी युवतीको कथामा यो भिडियो आधारित रहेको छ । नायक पलले आफुले सोचेकी युवतीको कल्पनामा हुन्छन् भने नायिका आँचल पलकी सपनाकी परी बनेकी छन् । मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् ।
माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन् । भिडियो: हेर्न यो लिंक मा जानुहोस >>>>
https://youtu.be/597zHgOhMkQ
Comments
Post a Comment