बिहे गरेको केही दिनमै अभिनेत्री नीशा अधिकारीलाई एउटा समाचारले निकै दुखित बनायो । क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेको केही दिनमै अभिनेत्री नीशा अधिकारीलाई उनका पूर्व प्रेमी दावा शेर्पाले घर र गाडी फिर्ता गर्न भनेको भन्दै समाचार छापियो ।
यो घटनाको बारेमा लामो समयपछि अभिनेत्री अधिकारीले मुख खोलेकी छिन् । अभिनेत्री अधिकारीले भनेकी छिन्–‘त्यो समाचार मलाई सुनियोजित रुपमै आक्रामण गर्ने नियतले लेखिएको थियो । के हाम्रो पत्रकारिताको मर्म नै यति तल गिरेको हो त ? आफ्नो घरमा पनि आमा, चेली छन् भन्ने विर्सनु भएकै हो त ?’
नीशाले दावा आफ्नो राम्रो साथी भएको समेत बताइन् । तर, गाडी, अपार्टमेन्ट दिएको भनेर आफूलाई तल्लो स्तरको केटी भन्न खोजिएको नीशाको आरोप थियो । उनले, आफ्नी आमाको सल्लाहाका कारण मिडियामाथि अझै ठूलो कदम नचालेको समेत बताइन् । बिहे गरेको केही दिनमै कुनै नारीमाथि यसरी आक्रामण गर्दा कोही पनि चुप नलाग्ने नीशाको भनाई थियो ।
नीशाले कात्तिक २४ अर्थात भोलीबाट रिलिज हुन लागेको फिल्म ‘रोमियो’को प्रचारका क्रममा मिडियासँग कुरा गर्दै यो बताएकी हुन् ।

Comments
Post a Comment