युएईको आबुधाबीमा नेपालीले सुरु गरे ब्युटीपार्लर व्यावसाय सन्चालनमा

युएई, कात्तिक १८ – युएईको आबुधाबीमा नेपालीको नयाँ व्यावसाय सन्चालनमा आएको छ । रोजगारीका लागि यहाँ आएका केही नेपाली युवाले आबुधाबीमा ब्युटीपार्लर तथा सैलुन सन्चालन गरेका हुन् ।



आबुधाबीको इलेक्ट्रा स्ट्रिटको पछाडि नमस्ते ट्राभल भएको भवनमा जारत अल जानवाक ब्युटी पार्लर तथा महिलाका लागि सैलुन सन्चालनमा आएको हो ।

रोजगारीका लागि युएई आएका गुल्मी, रुपन्देही र कास्कीका युवाको संयुक्त लगानीमा पार्लर सन्चालनमा आएको हो ।
नेपाली महिलाको सख्या बढेसँगै यो व्यावसायको भविष्य देखेर नेपालीलाईनै लक्षित गरेर व्यावसाय सन्चालनमा ल्याएको व्यावसायी भुवन मगरले जानकारि दिनुभयो । 

व्यावसायको एक कार्यक्रमका बिच युएईका लागि कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले उद्घाटन गर्नुभयो ।
नेपाली महिलाका लागि महिलाहरुलेनै सन्चालनमा ल्याएको र प्रत्यक्ष सेवा दिनमा पनि महिलानै खटिने भएकाले नेपालीहरुलाई सजिलो हुने राजदुत टन्डनले बताउनुभयो ।

 पछिल्लो  समय रोजगारीका लागि यूएई आएर धेरथोर कमाएको रकम यूएईमै लगानी गर्ने क्रम बढेको छ ।
लगानी नडुब्ने र आर्थिक तथा राजनीतिक स्थिरताका कारण लगानी सुरक्षित भएकाले यूएईमा लगानी गर्ने नेपाली बढेका हुन् । 

Comments