काठमाडौंमा फेरी गोली बर्सियो, कसलाई ताकिएको थियो गोली ?

कार्तिक १५, काठमाडौं । काठमाडौंको कमलादीमा गोलि चलेको छ । हेरिटेज प्लाजामा आज (बुधबार) साँझ चलेको गोली कसलाई ताकिएको थियो भन्ने बिषयमा एकिन नभएको प्रहरीले जनाएको छ । साथै गोली हानेर भाग्ने २ भारतीय नागरिकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेको नागरीकबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोल बरामद गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको धानुकले बताए । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखेर अहिले प्रहरीले बयान लिइरहेको छ ।

केहि साता अघिमात्रै काठमाडौंको नयाँबानेश्वरमा दिउँसै गोलि चल्दा निर्माण ब्यावसायी संघका अध्यक्षको ज्यान गएको थियो । अध्यषलाई कसले गोलि हानेको थियो भन्ने बिषयमा अझै पनि प्रहरीले पत्ता लगाउन सकेको छैन ।

Comments