नक्कली फेसबुक अाइडी बनाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ(यस्तो थीयो यीनीहरुको कर्तुत )

काठमाडौं १३ कार्तिक । नक्कली आईडी बनाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । बेलायती नागरिकको नाममा फेसबुक आईडी बनाएर ठगी गर्ने भारत उत्तर प्रदेश घर भई हाल काठमाडौं डिल्लीबजार बस्दै आएका ५६ वर्षीय प्रदीपकुमार अग्रवाल पक्राउ परेका हुन् ।

 केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्जका अनुसार नक्कली आईडीबाट बहुमूल्य सामान, बेलायती पाउन्ड र अमेरिकी डलरसमेत भएको पार्सल पठाइदिने र त्यो भारतको राजस्व कार्यालयमा अड्किएको भन्दै रकम मागेर ठगी गर्ने कार्यमा उनी संलग्न थिए । राजधानी दैनिकमा समाचार छ ।

यसअघि ब्युरोले आईएमईमार्फत रकम पठाउन लगाउने पवन न्यौपाने र प्रदीप सुब्बालाई पक्राउ गरिसकेको थियो । उनीहरूबाट रकम लिएर हुन्डीमार्फत भारत पठाउने कार्यमा अग्रवालको संलग्नता खुलेपछि आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 यसैबीच अवैध बिट क्वाइन सञ्चालन गर्ने बिटसेवा डटकमका सञ्चालक पुरुषोत्तमधर तुलाधर र अध्यक्ष राम ढकाल पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले पोखरा र काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुनेगरी नेपाल राष्ट्र बैंकसँग कुनै इजाजत नै नलिई उनीहरूले यो सेवा सुरु गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले अनलाइनमार्फत खरिद–बिक्री गर्ने गरेका थिए । उनीहरूमाथि राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान भइरहेको छ ।

Comments