एएफसी यू–१९ मा आज नेपाल र किर्गिस्तान भिड्दै , कसरी हेर्ने लाईभ ? सम्पुर्ण जानकारी को लागी हेर्नुहोस

काठमाडौं, कात्तिक १४ । एफसी यू–१९ च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालले आज घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ । नेपाल र किर्गिस्तानका युवा टिमबीच आज हुने भेट पहिलो हो।

एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम उच्च मनोबलसहित किर्गिस्तान पुगेको हो। समूह चरणमा नेपालले तुलनात्मक रूपमा आफूभन्दा बलिया टिमसँग खेल्नुपर्ने छ। एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह ‘ए’ मा रहेको नेपालले युएई, ‌ओमान, बहराइन र आयोजक किर्गिस्तानसँग प्रतिश्पर्धा गर्दैछ।


फोटो: सेतो पाटी
कात्तिक १६ गते नेपालको दोस्रो खेल बहराइनसँग, तेस्रो खेल १८ कात्तिकमा युएईसँग तथा चौथो खेल २२ कात्तिकमा ओमानसँग छ। समूहमा शीर्ष स्थान हात पार्ने टिम आगामी वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ। दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ। दोस्रो स्थान प्राप्त गर्ने टिममध्ये उत्कृष्ट टिम पनि छानिनेछ।

सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ आयोजकसहित १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्। हामी यो खेलको लाईभ भिडियो दिने कोसिस गर्ने छौ कृपया हाम्रो वेबसाइट भिजिट गर्दै गर्नु होला ।

यस्तो छ नेपाली टिम : अर्पण कार्की, प्रेजेन तामाङ, अभिषेक बराल, विश्वास उदास, असिम भुषाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, आकास श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बू, अशोक थापा, दिनेश हेम्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, अरिक विष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिष थापा, सोजित गुरुङ। मुख्य प्रशिक्षक – छिरिङ लोप्साङ गुरुङ सहायक प्रशिक्षक – पुष्कर शाही  गोलकिपर प्रशिक्षक – मृग्रेन्द्र मिश्र

Comments