बुलबुले खबर, काठमाडौं । कार्तिक ९ अर्थात् छठ पर्वको विदा छोपेर प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ ले सुरुवाती व्यापार आक्रामक गरेको छ । कलाकारको रुपमा लामो समय विताएका रमेश उप्रेतीको निर्माणमा डेब्यु रहेको यो चलचित्रलाई दर्शकले रुचाएपछि रमेश उत्साहित देखिएका छन् ।
आज शनिबारको बिदाको सदुपयोग गर्दै चलचित्र ” ऐश्वर्य ” हेर्न दर्शक हरुको बाक्लो उपस्थित रहेको थियो भने प्राय प्रमुख सिनेमा घर हाउसफुल भएको थियो भने धेरै जसो हलमा टिकट नपाएर दर्शकहरु निराश भएर फर्किएका थिए ।
शुक्रबारबाट नयाँ चलचित्र हलमा लाग्ने परम्परालाई भंग गर्दै बिहिबारबाटै रिलिज भएको चलचित्रले बिहानी शो मा ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको थियो भने त्यसपछीको शो मल्टिप्लेक्सका हल क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, एफक्युब लगायत गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स लगायत मोफसलको मुख्य स्टेसन पोखरा, नारायणगढ, हेटौडा र पुर्वका स्टेसनमा हाउसफुल भएको थियो ।
वितरक डिसीएनले दिएको जानकारी अनुसार चलचित्रले उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । पहिलो दिनको टोटल ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ । राजधनीमा आयोजित प्रेस शो मा यसलाई अधिकांसले रुचाएका छन् ।
विशेष गरि चलचित्रको मेकिङको चर्चा निकै भएको छ भने फिल्ममा बोलिएको संवादले पनि दर्शकको तालि पाएको छ, फिल्मका भिलेन प्रशान्त ताम्राकार अभिनेत्री केकी अधिकारी र डेब्यु गर्ल दीपिका प्रसाईंले सबैको बधाई पाए । रमेशले पनि अघिल्ला फिल्म भन्दा राम्रो गरेको प्रतिक्रिया बटुलेका छन् तर दर्शकका लागि फ्रेस प्रशान्तनै केन्द्रविन्दुमा रहे ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमी रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ ।
फिल्मले आक्रामक सुरुवात गरेको र दर्शकहरुले फिल्मलाई मन मन पराएपछी खुशी हुँदै रमेश उप्रेती एसो भन्छन – “मैले दर्शकले हेर्न चाहेको किसिमको फिल्म बनाएको महसुस भएको थियो, जसलाई रिलिज भएसंगै दर्शकले प्रस्ट्याईदिनु भयो। फिल्म हेरेपछि मलाइ अल नेपालबाट नै सकारात्मक प्रतिक्रिया आएको छ। फिल्मको मेकिङलाई निकै तारिफ मिलेको छ भने विषयवस्तुलाई पनि उतिकै रुचाउनु भएको छ। हामीले गरेको मेहनतलाई दर्शकले रुचाउनु भयो यसले मलाइ थप हौसला मिलेको छ। म आफै पनि दिनभर हलमा पुगेर दर्शकलाइ भेटे प्रतिक्रिया लिए, यसैले पनि म यसरि ढुक्क भएर बोलिरहेको छु।
फिल्म प्रदर्शनको पहिलो दिन राजधानीका प्राय हलहरुमा पुगेका प्रशान्त ताम्राकार पनि दङ्ग छन्। फिल्ममा भिलेनका रुपमा देखिएका प्रशान्त भन्छन – ” म संगै सम्पूर्ण ऐश्वर्य टिमले दर्शकको माया पाएका छै। धेरै दर्शक टिकट नपाएर फर्किनु भयो वा अर्को दिनको टिकट लिनु भयो। हामीले गरेको मेहनत यसरि सार्थक भएको देख्दा निकै खुशी छु, मलाइ हलमा राघव भनेर पनि बोलाउनु भयो जुन मैले ऐश्वर्यमा निर्वाह गरेको भूमिका हो। मैले यो क्यारेक्टरको लागि निकै मेहनत गरेको थिए, तौल पनि घटाएको थिए। त्यो सबै आज सार्थक भए जस्तो लागेको छ। दर्शकले मन पराएर सोसल साइट मार्फत पनि फिड ब्याक दिनु भएको छ भने म आफै पनि हल-हलमा पुगिरहेको छु।”
यसै फिल्म मार्फत नेपाली सिने-नगरीमा भित्रिएकी नायिका दीपिका प्रसाईं पनि दर्शकहरुले फिल्म मन पराएकोमा औधी खुशी छिन। उनि भन्छिन – “मलाई डेब्यु फिल्ममै जसरि मन पराई दिनु भयो त्यसले थप हौसाएको छ। मलाइ टिमले गर्नु भएको विश्वास पनि आज सार्थक भएको छ। फिल्म हेरेर निस्किनु भएका दर्शकले मन परेको प्रतिक्रिया दिनु भएको छ। साथै दर्शकले दिनु भएको माया प्रति हामी ऐश्वर्य टिम नै आभारी छौ।”
फिल्मका निर्देशक दिवाकर भट्टराईको यो चौथो फिल्म हो। फिल्महलहरुमा दर्शकहरुको उच्च चाप देखेपछि हौशिदै उनले भने – “चौथो फिल्ममा आइपुग्दा थप जिम्मेवारी महसुश भएको थियो, जसलाई दर्शकले दिनु भएको मायाले पुरा भएको महसुस गराएको छ। मेकिङलाई मन पराउनु भएको छ भने कथालाई पनि मन पराउनु भएको छ। हामीले स्थापित गरेका हरेक पात्रमा दर्शकले इन्जोय गर्नु भएको छ, दर्शकसंगै बसेर फिल्म हेर्दा झनै खुसि लाग्यो। फिल्मले पहिलो दिन नै झन्डै ५० लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भएको छ यसले त हर्षित बनाएको छ नै दर्शकले फिल्म मन पराउनु भएको छ यसले झनै खुसि डबल भएको छ।”

Comments
Post a Comment