यता पनि लुरुक्क,उतापनि लुरुक्क अर्बपति चौधरी एमालेबाट कांग्रेसमा सुटुक्क,,ओलीमय एमालेमा आफु एक्लीएको महसुस
अर्बपति बिनोद चौधरी एमालेबाट कांग्रेसमा बसाईँ सरेका छन् । ०६४ को पहिलो संविधानसभाको निर्वाचनपछि एमालेको कोटाबाट समानुपातिक उम्मेदवार बनेका अर्बपति चौधरी अहिले भने रुख चिन्ह प्यारो ठानेर कांग्रेस भित्रिएका हुन् ।
फोब्र्स पत्रिकाले सार्वजनिक गर्ने बर्षेनी धनाढ्यहरुको सुचीमा आफूलाई उभ्याउदै आएका चौधरी नेपाली राजनीतिमा पुनः सक्रिय हुने आशामा कांग्रेस पसेको खुलासा भएको छ ।
पहिलो संविधानसभा निर्वाचनपछि सभासद बनेका चौधरी ०७० को निर्वाचनमा सभासद बन्न नपाएपछि रन्थनिरहेका थिए ।
एमाले भित्र पनि माधव नेपाल पक्षका मानिने चौधरी एमालेमा अध्यक्ष केपी शर्मा ओली आउनु र प्रधानमन्त्री भएर वाहवाही कमाउनु र ओलीमय एमाले हुनुले पनि आफूलाई एक्लो महसुस गर्दै आएको खुलासा भएको छ । नेपाली कांग्रेसको समानुपातिक सुचीमा चौधरीको नाम परेको कांग्रेसका एक नेताले बताए ।
चौधरीलाई नेपाली कांग्रेसमा भित्राउन कांग्रेसका शीर्षस्थ नेताहरुले पहल गरेको बुझिएको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनताका साना दलका नेताहरु एक पार्टीबाट ठूलो राजनीतिक शक्तिमा गईरहेको क्रममा चौधरी भने ठूलै पार्टी एमालेबाट फड्को मारेर अर्को ठूलो पार्टी कांग्रेसको हात समाउन पुगेका हुन् ।

Comments
Post a Comment