नेपाल आइडलको उत्कृष्ट ४ मा पर्न सफल सागर आलेलाई अमेरिकामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल’मा उत्कृष्ट सांगितिक प्रस्तुती गदैं उत्कृष्ट पाँचभित्र प्रवेश गरेपनि नेपाल आइडल बन्न बाट बन्चित भएको भन्दै बाल्टिमोर मगर संघको अभियानमा संकलन भएको ४ लाख ८९ हजार ११३ रुपैयाँ शनिबार एक कार्यक्रमका विच आलेका शुभचिन्तकका आफन्तले हस्तान्तरण गरेका थिए ।
अमेरिकाको बाल्टिमोर र न्यूर्योगमामा रहेका नेपालीहरुबाट संकलन गरिएको आर्थिक म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका याम पुन, मंगला गाउँपालिका बरंजाका मनप्रसाद रोका लगाएतको सक्रियतामा संकनल भएको आर्थिक हस्तान्तरण कार्यक्रममा बोल्दै गायक आलेले सहयोगलाई सांगितिक क्षेत्रमै खर्च गर्ने बताए । ‘सबै शुभचिन्तकको सहयोगलाई मेरो सांगितिक क्षेत्रमै खर्च गर्नेछु । तपाईहरुको सहयोगबाट भविस्यमा अझै धेरै राम्रो गर्ने प्रतिबद्धता जनाउँछु’उनको भनाई उद्धित गदैं बरंजा भकिम्ली माईती कुटुम्ब समाजका अध्यक्ष कमल पुनले भने ।
कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार क्याप्टेन कर्ण बहादुर रोका लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन दिल बहादुर बुढाथोकीले गरेका थिए । बरंजा भकिम्ली माईती कुटुम्बमार्फत भकिम्ली र बरंजामा विभिन्न सामाजिक कार्य भइरहेको छ ।काठमाण्डौमा बसोबास गर्नेहरुबाट भकिम्लीको जयन्ती माविको भवनका साथै प्राकृति विपत्तीमा परेकाहरुलाई समेत नियमित सहयोग गर्ने गरेका छन् ।

Comments
Post a Comment