अभिनेत्री ऋचा शर्माको निर्माण तथा अभिनय रहेको चलचित्र ‘सुनकेशरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री शर्मालाई डरलाग्दो लुक्समा देखाइएको छ ।
हरर जनरामा रहेको ‘सुनकेशरी’को यसअघिको पोस्टर एक बालिका फिचरिङ थिइन् । अभिनेता अर्पण थापाको निर्देशन रहेको सुनकेशरीलाई ऋचाले भीम न्यौपानेसँग मिलेर निर्माण गरेकी हुन् ।
चलचित्रमा ऋचाको साथमा भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाङ्कन गरिएको ‘सुनकेशरी’मा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधिलाई कथामा समेटिएको छ ।
सम्पादनको काम भइरहेको सुनकेशरीको बजेट करिब २ करोड रहेको निर्माण पक्षले जनाएको छ ।

Comments
Post a Comment