बिर्तामोड गोलीकाण्डका घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो


बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

शनिबारै हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।


अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ५ जना मध्ये ३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सघन उपचार कक्षमा उपचाररत् रहेकाहरुमा कनकाई नगरपालिकाका सुशील घतानी, मेची नगरपालिकाका अशोक बस्नेत र राजगढका सुनील पाठक छन् ।

घतानी र बस्नेतको हात र पाठकको हिप र पिठ्यूँमा गोली लागेको थियो ।

घटना प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो ।

Comments