मेरो घर सम्पति बेच्छु तर गरिबलाई दिएको बचन खेरा फल्दीन-धुर्मुस...

अरुको घर बनाइदिने दौडधूपमा यतिबेला आफ्नै घर बिर्सिएका छन्, । तैपनि उनलाई चैन छैन । चैन यसकारण छैन, उनी जुन उत्साहका साथ बस्ती निर्माणमा पसिना चुहाइरहेका छन्,

 त्यस अनुरुप पुग्दो पैसा उठेको छैन । यस भन्दा पहिले २ ओटा नमुना बस्ती सफलता पुर्बक संम्पन्न गरीसकेका सीताराम कट्टेल ,धुर्मुस .ले तेस्रो बस्ती बनाउने योजना बनाएका छन्

तर सोचे अनुरुप सहयोग  रकम न उठ्दा भने उनी धेरै चीन्तीत  छन्


धुर्मुस-सुन्तली फाउन्डेसनको थैलो जतिजति रित्तिँदैछ, उत्ति नै धुर्मुसको चिन्ताको ग्राफ बढिरहेको छ । निन्द्रा बिथोलिएको छ ।

‘अहिलेको स्थिति हेर्दा पैसा एकदमै अपुग छ’ धुर्मुसले सुनाए, ‘त्यसो भन्दैमा म आफूले दिएको बचन हार्ने छैन । किनभने उहाँहरुले मप्रति जुन आशा र भरोसा राख्नुभएको छ,

त्यसलाई म मर्न दिनेछैन ।’ उनि भन्छन् अहिले सम्पुण पैसा सकीएको छ म मेरो सबै सम्पति बेच्न तयार छु तर गरिबलाई दिएको बोली खेरा जान दिने छैन.यसरी संकटमा परेका छन् धुर्मुस

Comments